०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

बाँके प्रहरीले चितुवाको छालासहित कुसुमबाट ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण १०, २०७७


(महेन्द्र सिंह)
बाँके । चितुवाको छाला तस्करी गर्ने गिरोहलाई बाँके प्रहरीले पक्राउ गरेको छ । चितुवाको छालाको अबैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बाँकेको कुसुमबाट तिन जनालाई पक्राउ गरेको हो ।

बाँकेको राप्तीसोनारी गाँउपालिकाको वडा एरिया हुँदै चितुवाको छाला अबैध रुपमा ओसारपोसार भईरहेको सूचना पाएको प्रहरीले चेकजाँचमा कडाई गरेको थियो ।

कुसुम स्थित सडक खण्डमा शंकास्पद रुपमा हिडिरहेका ब्यक्तिहरुलाई खानतलासी गर्ने क्रममा चितुवाको छाला सहितको झोला बरामद गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ पर्नेमा सल्यान बाघचौर नगरपालिका ३ बस्ने जित बहादुर डिसी, कुमाख गाउँपालिका ७ बस्ने कमल डिसी र सोही ठाँउका हिमेन्द्र वली रहेको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिएका छन । एसपी रानाका अनुसार खानतलासीका क्रममा जितबहादुरले बोकेको कालो रंगको झोला भित्र दुई थान बाघको छाला बरामद गरीएको हो ।

प्रारम्भीक अनुसन्धानबाट पक्राउ गरिएकाहरु बन्यजन्तुका छाला तथा अंग खरिद विक्री गर्ने कारोबारी रहेको खुलेको रानाले बताएका छन ।

एसपी रानाका अनुसार राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम उनिहरुलाई १ लाख देखी २५ लाखसम्म जरिवाना र १ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!