०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

बाँके प्रहरीले चितुवाको छालासहित कुसुमबाट ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण १०, २०७७


(महेन्द्र सिंह)
बाँके । चितुवाको छाला तस्करी गर्ने गिरोहलाई बाँके प्रहरीले पक्राउ गरेको छ । चितुवाको छालाको अबैध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बाँकेको कुसुमबाट तिन जनालाई पक्राउ गरेको हो ।

बाँकेको राप्तीसोनारी गाँउपालिकाको वडा एरिया हुँदै चितुवाको छाला अबैध रुपमा ओसारपोसार भईरहेको सूचना पाएको प्रहरीले चेकजाँचमा कडाई गरेको थियो ।

कुसुम स्थित सडक खण्डमा शंकास्पद रुपमा हिडिरहेका ब्यक्तिहरुलाई खानतलासी गर्ने क्रममा चितुवाको छाला सहितको झोला बरामद गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ पर्नेमा सल्यान बाघचौर नगरपालिका ३ बस्ने जित बहादुर डिसी, कुमाख गाउँपालिका ७ बस्ने कमल डिसी र सोही ठाँउका हिमेन्द्र वली रहेको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिएका छन । एसपी रानाका अनुसार खानतलासीका क्रममा जितबहादुरले बोकेको कालो रंगको झोला भित्र दुई थान बाघको छाला बरामद गरीएको हो ।

प्रारम्भीक अनुसन्धानबाट पक्राउ गरिएकाहरु बन्यजन्तुका छाला तथा अंग खरिद विक्री गर्ने कारोबारी रहेको खुलेको रानाले बताएका छन ।

एसपी रानाका अनुसार राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम उनिहरुलाई १ लाख देखी २५ लाखसम्म जरिवाना र १ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]