२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

सशस्त्र प्रहरीले चोरीपैठारीको लत्ताकपडा सहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण २४, २०७७

ABC Sanchar
धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिका-२ स्थित सीमा ईलाकाबाट आइतबारले करीब दुई लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको जनकनन्दनी गाउँपालिका १ बस्ने १९ वषिय ललितकुमार साफी, २१ वर्षिय विकासकुमार महतो र सोही जिल्लाकै कमला नगरपालिका ८ बस्ने २३ वर्षिय कृष्ण यादव छन् ।

दुई वटा मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खजुरीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बरामद लत्ताकपडा तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]