०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

प्रहरी बनाइ दिन्छु भन्दै ६ लाख रुपैया ठगी गर्ने आशिष मल्ल बाँके प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, फाल्गुण २७, २०७७

(महेन्द्र सिंह) जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले प्रहरी बनाइदिने भन्दै ६ लाख रुपैया लिएको उजुरी आएपछि मल्ललाई नियन्त्रणमा लिएको बताउनुभएको छ । मल्लले दुई जनाबाट ३/३ लाख रुपैया लिएको खुलेको छ । २०७६ सालमा नेपाल प्रहरीको सिपाही बनाइदिन्छु भनेर मल्लले पैसा लिएका थिए । त्यो लटमा प्रहरी हुन नसकेपछि पैसा फिर्ता मागिएको थियो । त्यसलगत्तै प्रहरीमा फेरि भर्ना खुलेकाले अबको लटमा बनाइदिने भन्दै पैसा फिर्ता गरिएको थिएन । गत असारमा नतिजा आएको यो लटमा समेत प्रहरी हुन नसकेपछि पैसा फिर्ता मागिएको थियो । मल्लले दिन्छु, दिन्छु भनिरहेका थिए । लामो समयसम्म पैसा फिर्ता नगरेपछि पीडितहरु बाँके जिल्ला प्रहरी कहाँ पुगेका थिए ।
बाँके प्रहरीले मल्ललाई ठगीमा कारबाही गर्ने तयारी गरेको एसपी रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!