१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

बाँकेमा जनप्रतिनिधि र मेडिकलको मिलोमतोमा अक्सिजनको कालोबजारी

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८


(ABC-Sanchar)
बाँके । अक्सिजनको कृत्रिम अभाव हुन थाले पछी बाँकेको नेपालगन्जमा उत्पादीत अक्सिजन लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मात्रै नभई कर्णाली र सुदुरपश्चिम प्रदेशसँगै भारतका विभिन्न शहरमा ढुवानी भइरहेको छ ।

तर बाँकेमा केही अक्सिजन व्यवसायी जनप्रतिनिधी, मेडिकल माफियाको संलग्नतामा कालोबजारी बढिरहेको छ । जिल्ला प्रशासन बाँके भने कानमा तेल हालेर बसिरहेको छ ।

कोरोना भाइरस संक्रमितलाई अक्सिजनको चर्को अभाव देखाउादै कोहलपुर मेडिकल कलेज र भेरी अस्पतालले कोरोनाका थप विरामी राख्न नसक्ने बताउँदै आएका छन । बाँकेमा माफियाको गिरोहले भने यसको कालोबजारी गर्न थालेको छ ।

खुला सीमाका कारण सीमा क्षेत्रबाट ठूलो परिमाणमा सिलिन्डर भारत चोरीनिकासी हुँदा बाँकेमा अभाव देखाइएको हो । कतिपय पहुँचधारीले आफूखुसी उद्योग परिसरबाटै अक्सिजन सिलिन्डर बोकेर लैजाँदा अस्पतालमा संक्रमितलाई उपचार गर्न समस्या परेको छ ।

केही उद्योग र बिक्रेताले अस्पतालभन्दा सर्वसाधारणलाई महँगो मूल्यमा सिलिन्डर बिक्री गरेका छन् । यस्ता सिलिन्डर संगठित समूहले सीमा र अन्य क्षेत्रमा कालोबजारी गर्दै आएका छन् ।

बजार र अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि बाँकेका उद्योग परिसरमै सर्वसाधारणदेखि कालोबजारी गर्ने समूहको भीड लाग्न थालेको छ ।

परस्पुरमा रहेको अक्सिजन उद्योगमा बाँकेका भन्दा पनि बाहिर जिल्ला र भारत जाने अक्सिजनका लागि गाडी लाइनमा बसिरहेको भेटिएका छन ।

बाँकेमा पुग्दो मात्रामा अक्सिजन रहे पनि माग बढिरहेको छ । यहाँका स्वास्थ्यकर्मीहरुले बाँकेमा अक्सिजन अभाव हुने आँकलन गर्दै यहाँका व्यवसायीलाई भारततर्फ निकासी नगर्न आग्रह गरिरहेका छन् ।

कोभिडका सिकिस्त बिरामीलाई अक्सिजन चाहिने देखिएकाले बजारमा माग बढेसँगै तस्करी पनि मौलाउन थाले पनि स्थानीय प्रशासन मौन छ ।

नेपालगन्ज उपमहानगरपालिका १७ को परसपुरमा रहेको एचओ अक्सिजन इन्डष्ट्रिज प्रालिबाट दिनहुँ उत्तर प्रदेश सरकारले नेपालगन्जका व्यवसायी मार्फत भारतमा रहेका आफ्ना बिरामी बचाउन अक्सिजन लैजाने गरेको जनाएको छ ।

नेपालगन्जबाट अक्सिजन भारत जान थालेपछि यस क्षेत्रमा अक्सिजनको थप समस्या उत्पन्न हुन थालेको छ । यो समस्याको समाधान बाँके प्रशासनले चाँडै गरेन भने ठुलै समस्या नआउला भन्न सकिदैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । बगदामा भएको घटनालाई लिएर कपिलवस्तुमा गरिएको विरोध प्रदर्शन तथा बजार बन्दका क्रममा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सदरमुकाम तौलिहवाबाट ४ जना र कृष्णनगरबाट २ जना गरी सोमबार दिउँसोसम्म ६ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा हिन्दुवादी संगठनका नेता समेत रहेका छन्। आइतबार हिन्दुवादी संगठनहरूले प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा […]

कोलम्बियाको दक्षिणी पुतुमायो विभागमा रहेको पुएर्तो लेगुइजामो क्षेत्रमा टेकअफ गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ। साथै ४ जना हराइरहेको जनाइएको छ। अन्य दर्जनौं घाइतेहरूलाई नजिकको अस्पतालमा पुर्‍याइएको छ। रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, विमान टेकअफ गर्ने साथ रनवेबाट करिब १.५ किलोमिटर टाढा खसेको थियो। विमान खसेपछि टुक्रा-टुक्रा भएको थियो र […]

काठमाडौं । मंगलबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका कर्मचारीहरूलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो । कार्यालयका अनुसार ती कर्मचारीहरूको खोजतलास गर्दा तथा प्रहरी नियमावलीअनुसार घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका छैनन्।सूचनामा गैरहाजिर रहनुको कारण स्पष्ट पार्दै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ। प्रहरी प्रधान कार्यालयले […]

error: Content is protected !!