०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

बाँकेमा जनप्रतिनिधि र मेडिकलको मिलोमतोमा अक्सिजनको कालोबजारी

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८


(ABC-Sanchar)
बाँके । अक्सिजनको कृत्रिम अभाव हुन थाले पछी बाँकेको नेपालगन्जमा उत्पादीत अक्सिजन लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मात्रै नभई कर्णाली र सुदुरपश्चिम प्रदेशसँगै भारतका विभिन्न शहरमा ढुवानी भइरहेको छ ।

तर बाँकेमा केही अक्सिजन व्यवसायी जनप्रतिनिधी, मेडिकल माफियाको संलग्नतामा कालोबजारी बढिरहेको छ । जिल्ला प्रशासन बाँके भने कानमा तेल हालेर बसिरहेको छ ।

कोरोना भाइरस संक्रमितलाई अक्सिजनको चर्को अभाव देखाउादै कोहलपुर मेडिकल कलेज र भेरी अस्पतालले कोरोनाका थप विरामी राख्न नसक्ने बताउँदै आएका छन । बाँकेमा माफियाको गिरोहले भने यसको कालोबजारी गर्न थालेको छ ।

खुला सीमाका कारण सीमा क्षेत्रबाट ठूलो परिमाणमा सिलिन्डर भारत चोरीनिकासी हुँदा बाँकेमा अभाव देखाइएको हो । कतिपय पहुँचधारीले आफूखुसी उद्योग परिसरबाटै अक्सिजन सिलिन्डर बोकेर लैजाँदा अस्पतालमा संक्रमितलाई उपचार गर्न समस्या परेको छ ।

केही उद्योग र बिक्रेताले अस्पतालभन्दा सर्वसाधारणलाई महँगो मूल्यमा सिलिन्डर बिक्री गरेका छन् । यस्ता सिलिन्डर संगठित समूहले सीमा र अन्य क्षेत्रमा कालोबजारी गर्दै आएका छन् ।

बजार र अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि बाँकेका उद्योग परिसरमै सर्वसाधारणदेखि कालोबजारी गर्ने समूहको भीड लाग्न थालेको छ ।

परस्पुरमा रहेको अक्सिजन उद्योगमा बाँकेका भन्दा पनि बाहिर जिल्ला र भारत जाने अक्सिजनका लागि गाडी लाइनमा बसिरहेको भेटिएका छन ।

बाँकेमा पुग्दो मात्रामा अक्सिजन रहे पनि माग बढिरहेको छ । यहाँका स्वास्थ्यकर्मीहरुले बाँकेमा अक्सिजन अभाव हुने आँकलन गर्दै यहाँका व्यवसायीलाई भारततर्फ निकासी नगर्न आग्रह गरिरहेका छन् ।

कोभिडका सिकिस्त बिरामीलाई अक्सिजन चाहिने देखिएकाले बजारमा माग बढेसँगै तस्करी पनि मौलाउन थाले पनि स्थानीय प्रशासन मौन छ ।

नेपालगन्ज उपमहानगरपालिका १७ को परसपुरमा रहेको एचओ अक्सिजन इन्डष्ट्रिज प्रालिबाट दिनहुँ उत्तर प्रदेश सरकारले नेपालगन्जका व्यवसायी मार्फत भारतमा रहेका आफ्ना बिरामी बचाउन अक्सिजन लैजाने गरेको जनाएको छ ।

नेपालगन्जबाट अक्सिजन भारत जान थालेपछि यस क्षेत्रमा अक्सिजनको थप समस्या उत्पन्न हुन थालेको छ । यो समस्याको समाधान बाँके प्रशासनले चाँडै गरेन भने ठुलै समस्या नआउला भन्न सकिदैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]