२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बर्दिया प्रहरीले ठुलो मात्रामा १७ लाख बराबरको केराउ साइकल पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र ०३, २०७८


(ABC क्राईमबिट)
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले १६८.७५ क्विन्टल केराउ र साईकल थान-८ अन्दाजी बजार मुल्य रू. १६ लाख ९१ हजार ५सय बराबरको नियन्त्रणमा लिई रितपुर्वक बरामद गरेको छ । बरामद गरिएको केराउ, साइकल आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनु भयो। भदौ ३ गते राती १२:३० बजेको समयमा भन्सार छली चोरी निकासी गरी अबैध रुपमा ठुलो परिमाणमा केराउ भारतबतर्फ लैजादै छन् भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पवन पछाईको कमाण्डको टोली र सिमा प्रहरी चौकी मथुराबाट प्र.ना.नि. खड्क बहादुर डाँगीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले चेकजाँच गर्दा जिल्ला बर्दियाको गुलरिया नगरपालिका वडा नं. १० स्थित बिनोद बर्माको मिल अगाडीको खाली जमिनमा केराउको बोराहरु फेला पारेको थियो । केराउको बोरा जम्मा पारी साईकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अबस्थामा प्रहरी टोलिलाई देखी संलग्न व्यक्तीहरु साईकल छोडी भागी फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाको प्रेस रिलिजमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]