१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

ग्यासको सिलिण्डर भित्र लागूऔषधसहित लुकाएर ल्याउने दुई भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र १८, २०७८

ABC (क्राईमबिट)
सर्लाही । मलंगवास्थित नेपाल–भारत सीमानाकाबाट अवैध लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले अवैध लागूऔषध वीनरिक्ससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको सीतामणी जिल्ला थानारुनी सहिदपुर ग्रामचौक–२, बस्ने ३२ वर्षीय नेता शर्मा र सोही स्थानका ६३ वर्षीय सुरेन्द्र शर्मा रहेका छन्। प्रहरीले उनीहरूको साथबाट १०० एमएलको ९४ बोटल लागूऔषध वीनरिक्स बरामद् गरेको हो।

सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका प्रमुख एसपी गंगाराम श्रेष्ठका अनुसार ग्यास सिलिन्डरमा प्वाल पारेर त्यसभित्र लुकाइछिपाई लागूऔषध बोकेर नेपाल आउँदै गर्दा उनीहरू पक्राउ परेका हुन्।

शंका लागेर उनीहरूले टाउँकोमा बोकेको ५र५ लिटर क्षेमताको ग्यास सिलिण्डर चेक जाँच गर्ने क्रममा सिलिण्डरबाट उक्त परिणाममा लागूऔषध बरामद भएको प्रहरीको भनाई छ।

उनीहरूले ग्यास सिलिन्डरको पिधमा प्वाल पारेर सिलिण्डर भित्र राखेर लागूऔषध ओसार पसार गर्ने गरेको प्रहरीको आशंका छ।

उनीहरूमाथी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलयमा बुझाइएको एसपी श्रेष्ठले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

बाँके । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा बाँकेको नेपालगन्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री गुरुङको पुत्ला जलाइएको हो। पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केकाे विराेध र्‍यालीले वीपीचाेकमा पुगेर गृहमन्त्रीकाे पुत्ला दहन गरेकाे थियो। एमालेका नेता तथा कार्यकर्ता, युवा-विद्यार्थी संगठनमा आवद्वहरु सम्मिलित विराेध कार्यक्रममा सरकार, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्व नाराबाजी गरिएकाे थियाे  साे […]

error: Content is protected !!