१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

एसपी काफ्ले आएको २ महिनामा अपराधीक गतिविधि नियन्त्रणमा पेस्तोल सहित १ जना पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र १९, २०७८

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा एसपी सुरेश काफ्लेले आएको २ महिनामा विभिन्न अपराधीक गतिविधिहरु नियन्त्रणमा दाङ प्रहरीको सादा पोसाकको प्रहरी टोलीले अटोम्याटेक पेस्तोल, म्याग्जिन र गोलीसहित घोराहीबाट एक जनालाई पक्राउ गरेको छ । रोल्पाको रुन्टिगढि गाउँपालिका वडा  नंम्वर ९ सखी स्थाई ठेगाना भई हाल घोराही १३ बडहरा बस्ने २५ वर्षिय ईन्द्रकमल बुढामगरलाई गएराति साढे २ बजे प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्ले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन ।
अवैध हातहतियार बोकी सर्वसाधरणहरुलाई त्रसित पार्दै आईरहेको र उक्त हतियार बुढामगरले आफ्नै घरमा लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाका आधारमा दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

घोराही १३ बडहरामा रहेको बुढामगरको घरमा रहेको रा ५ प ८७६२ नंम्वरकोे स्कुटी मुनी रातो प्लाष्टिक भित्र लुकाई राखेको अवस्थामा अटोम्याटिक पेस्तोल १ थान, पेस्तोलमा प्रयोग हुने म्याग्जिन १ थान र १ राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

बाँके । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा बाँकेको नेपालगन्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री गुरुङको पुत्ला जलाइएको हो। पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केकाे विराेध र्‍यालीले वीपीचाेकमा पुगेर गृहमन्त्रीकाे पुत्ला दहन गरेकाे थियो। एमालेका नेता तथा कार्यकर्ता, युवा-विद्यार्थी संगठनमा आवद्वहरु सम्मिलित विराेध कार्यक्रममा सरकार, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्व नाराबाजी गरिएकाे थियाे  साे […]

error: Content is protected !!