१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

तिजको अवसरमा नेपाल पत्रकार महासंघ महिला विभागको अन्तरक्रिया

Logo
प्रकाशित शनिबार, भाद्र १९, २०७८


(ABC-Sanchar)
दाङ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपाल पत्रकार महासंघ महिला विभागको आयोजनामा शनिबार घोराहीमा ‘संस्कृति संरक्षणमा मिडीयाको भूमीका’ विषयक अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष तथा महिला विभागका संयोजक बसुन्धरा गौतमको अध्यक्षता एवं केन्द्रिय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा अन्तरक्रिया एवं शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोख्रलले समाजमा चलिआएका रितिरिवाज तथा संस्कृति संरक्षणका लागि मिडीयाको भुमीका महत्वपूर्ण हुने बताए । पूजिवादी सस्कृति भित्रिएको भन्दै आफुभित्रको दायित्व भुल्न नहुने उनको भनाई छ ।
मिडीया मार्फत समाजलाई सकारात्मक दिशातिर लैजाने विषयलाई प्राथमीकता दिनुपर्ने उनले बताए । तिज पर्वलाई सम्मानित ढङ्गले मनाउनुपर्ने भन्दै आधुनिकताको बहानामा विकृति फैलाउने भन्दा पनी सस्कृति संक्षणमा लाग्नु पर्ने उनको भनाई रहेको थियो । यसैगरी कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका सदस्य सरद अधिकारीले पर्वको नाममा भए गरेका क्रियाकलापहरुलाई मनन् गर्न आवस्यक रहेकोमा जोड दिएका थिए ।

पछिल्लो समय तिज गितको नाममा व्यापार बढेको भन्दै त्यस्ता विषयलाई रोक्न मिडीया कार्फत आवस्यक रहेको बताए । समाजमा परम्परागत रुपमा रहेका वैज्ञानीक विषयलाई मिडीया मार्फत संरक्षण गर्नुपर्ने उनको भनाई रहेको छ ।यस्तै पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले पर्वका नाममा भएका विभेदका विषयहरुलाई उजागर गर्नुपर्ने बताए । यसैगरी सल्लाहकार लक्ष्मी आचार्यले बोलिएका विषयलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न आवस्यक रहेको भन्दै कतिपए तिज पर्वका पुराना क्रियाकलापहरुलाई नया पुस्ताले स्वकार गरेको हुँदा सकारात्मक पक्षलाई मात्र अंगाल्नुपर्ने बताइन् ।

‘संस्कृति संरक्षणमा मिडीयाको भूमीका’ विषय माथि सस्कृतविद् शुष्मा शर्मा (घिमीरे) र किशोरचन्द्र गौतले समिक्षा गर्दै विचार प्रदान ढङ्गले भाषण भन्दा पनि कार्यान्वयनको पाटो बलियो हुनुपर्ने बताए । पर्वका नाममा भएका सकारात्मक पक्षलाई संरक्षण गर्दै नकारात्मक पक्षलाई रोक्नुपर्ने बताएका थिए । नेपाल पत्रकार महासंघ दाङका सदस्य यमकला भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सहसचिव दिप्ती शिखा चौधरीले गरेकी थिइन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

बाँके । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा बाँकेको नेपालगन्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री गुरुङको पुत्ला जलाइएको हो। पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केकाे विराेध र्‍यालीले वीपीचाेकमा पुगेर गृहमन्त्रीकाे पुत्ला दहन गरेकाे थियो। एमालेका नेता तथा कार्यकर्ता, युवा-विद्यार्थी संगठनमा आवद्वहरु सम्मिलित विराेध कार्यक्रममा सरकार, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्व नाराबाजी गरिएकाे थियाे  साे […]

error: Content is protected !!