१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

पश्चिम रुकुमको बालगृहकी १२ वर्षीया बालिकाको पेटमा १० हप्ताको बच्चा ?

Logo
प्रकाशित सोमबार, भाद्र २१, २०७८

(ABC-Sanchar)
रूकुम पश्चिम । बलत्कारमा परेकी रूकुम पश्चिममा १२ वर्षीया बालिकाको पेटमा १० साताको गर्भ रहेको खुलासा भएको छ। आठबिसकोट नगरपालिका- ११ स्थित ‘सिस्ने हिमाल बालगृह’ मा बस्दै आएकी ती बालिकालाई बालगृह सञ्चालकै छोराले बलात्कार गरेको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

आठबीसकोट नगर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट उनको पेटमा १० साताको गर्भ रहेको खुलेको हो।

पीडित बालिकाले दिएको जाहेरी अनुसार हाल काठमाडौं बस्दै आएका रवि भनिने कुस्माकर चनाराले आफूलाई पटक/पटक बलात्कार गर्दै आएको उल्लेख गरेकी छन्।

२०७७ र २०७८ सालको लकडाउनको समयमा रविले आफूमाथि जबरजस्ती करणी गरेको र कतै भनेमा ज्यान मार्ने धम्की दिएकाले केही भन्न नसकेको पीडितको निवेदनमा उल्लेख गरेकी छन्।

रविकै लगातारको बलात्कारले गत असारदेखि आफ्नो महिनावारी बन्द भएको उनले उल्लेख गरेकी छन्।

रवि आठबिसकोट नगरपालिका – १० का वडाध्यक्ष गंगाराम चदाराका छोरा हुन्। सिस्ने हिमाल बालगृह रविकी आमा सुनिता चदाराले चलाउँदै आएकी छन्।

 

अनाथ, असहाय र टुहुरा बालबालिकाको संरक्षण गर्न भनेर खोलिएको उक्त बालगृहको उद्घाटन नेकपा माओवादीका नेता एवं अर्थमन्त्री जर्नादन शर्माले गरेका थिए। स्रोतका अनुसार ती बालिकालाई धर्मछोरी बनाएर शर्माले नै उक्त बालगृहमा संरक्षण तथा शिक्षा दिक्षाको लागि भनेर २०७४ सालदेखि राखेका थिए।

पीडित बालिकाले बालगृह सञ्चालिका चदाराले आफूहरूलाई बिभिन्न खाले श्रमशोषनसमेत गर्ने गरेको निवेदनमा उल्लेख गरेकी छन्। निवेदनमा सञ्चालिकाले आफूलाई उनको आफ्नो ओखर खेतीमा काम लगाउने, कुखुरा फार्ममा काम लगाउनेलगायतका घरासयी काममा लगाउने उल्लेख गरेकी छन्।

कुखुराको खोरमा दाना हाल्न गएको समयमा रविले आफूलाई पछाडिबाट समातेर मुख थुनी पहिलो पटक जबरजस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ।

 

बालिकाको पेटमा बलात्कार पछि गर्भ रहेको हल्ला ब्यापक भएपछि आठबिसकोट नगरपालिका न्यायिक समितिकी संयोजक गीता नेपालीले बालिकालाई अस्पताल पुर्‍याएर गर्भ जाँच गराउने तथा पीडक विरूद्ध प्रहरीमा निवेदन दिन सघाएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले हाल काठमाडौंमा बस्दै आएका २२ वर्षीय रविको खोजी तिब्र पारेको जनाएको छ।सेतोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

बाँके । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा बाँकेको नेपालगन्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री गुरुङको पुत्ला जलाइएको हो। पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केकाे विराेध र्‍यालीले वीपीचाेकमा पुगेर गृहमन्त्रीकाे पुत्ला दहन गरेकाे थियो। एमालेका नेता तथा कार्यकर्ता, युवा-विद्यार्थी संगठनमा आवद्वहरु सम्मिलित विराेध कार्यक्रममा सरकार, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्व नाराबाजी गरिएकाे थियाे  साे […]

error: Content is protected !!