१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

नेपाल प्रहरी जवानहरुको अन्तिम नतिजा प्रकाशन (नामसहित)

Logo
प्रकाशित बुधबार, भाद्र २३, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको जनपथ तर्फको जवानहरुको नतिजा प्रकाशन भएको छ ।

नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभागले २०७७ साल असोज ३० गते प्रकाशित विज्ञापनअनुसार यही भदौको पहिलो साता भएको अन्तरवार्तामा छनौट भएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको हो । परिक्षामा सहभागी भएका मध्ये ५ हजार २ सय २७ जना उत्तीर्ण भएका छन् भने खुलातर्फ ४२३ जना वैकल्पिकमा परेका छन् ।

त्यस्तै समावेशी महिलातर्फ ६९ जना र आदिवासी जनजातीतर्फ १११ जना वैकल्पिकमा परेका छन् ।

त्यस्तै समावेश मधेसीमा ९७ जना, दलितमा ५२ जना र पिछडिएको क्षेत्रमा १७ जना वैकल्पिकमा नाम प्रकाशित गरिएको छ ।

उत्तीर्ण भएका उम्मेदवारलाई आगामी असोज ६ गतेका दिन सम्बन्धित परिक्षा केन्द्रहरुमा आफ्नो सक्कल नागरिकता, प्रमाण पत्रहरुका साथै प्रवेशपत्रसहित उपस्थित हुनका लागि सूचना जारी गरेको छ । नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

बाँके । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा बाँकेको नेपालगन्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री गुरुङको पुत्ला जलाइएको हो। पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केकाे विराेध र्‍यालीले वीपीचाेकमा पुगेर गृहमन्त्रीकाे पुत्ला दहन गरेकाे थियो। एमालेका नेता तथा कार्यकर्ता, युवा-विद्यार्थी संगठनमा आवद्वहरु सम्मिलित विराेध कार्यक्रममा सरकार, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्व नाराबाजी गरिएकाे थियाे  साे […]

error: Content is protected !!