१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

झापामा ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा ३ जना घाइते

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८


(ABC-Sanchar)
झापा । खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एका घरका तीन घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालका घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई शनिबार साँझ ६ बजेतिर आगलागी भएको हो ।

आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उहाँकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पङ्कज खनाल घाइते भएका र उहाँहरुको विराटनगरस्थित म्याक्स हस्पिटल उपचार भइरहेको प्रनाउ आचार्यले बताए । घाइतेमध्ये रोमनाथको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट खनाल परिवारको टिनको छानो भएको एकतले पक्की घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

error: Content is protected !!