१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

२५ हजार नक्कली नोटसहित ५ जना कारोबारी पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८


ABC (क्राईमबिट)
बिरगंज । बारा र रौतहटबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया घर भएका सागर शुक्ला (२४ वर्ष), राजु कुशवाहा (२५ वर्ष), करैयामाई घर भएका ३६ वर्षका विश्वेश्वर चौधरी, रौतहटको गुजरा नगरपालिका घर भएका २३ वर्षीय सुनिलकुमार राम र रंगपुर घर भएका रविन्द्र चौधरी छन् ।
उनीहरुको साथबाट २५ हजार नक्कली रुपैयाँ र हजारको नोट आकारमा काटेको ९३ वटा ‘पेपरको गड्डी’ बरामद गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । विशेष ब्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय बारा र रौतहटसँगको समन्वयमा निजगढको होटल तारा इनबाट ३ जनालाई र २ जनालाई रौतहटको गुजरा नगरपालिका–२ बाट पक्राउ गरेको हो । प्रहरीले रौतहटको गुजरामा गाई गोठमा लुकाएर राखेको अवस्थामा कागजका अड्डी बरामद गरेको छ ।

जाली नोटसहित पक्राउ परेकाहरुको मोटरसाइकल र स्कर्पियो गाडी बरामद गरिएको छ । आरोपीहरुमाथि जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता कुँवरले बताए । प्रहरी अप्रेशनबारे समाचार संकलनमा पुगेकी नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष मनिता पाण्डेले खिचेको भिडियो प्रहरीले हटाउन लगाएको छ । प्रहरीले पाण्डेको क्यामरा खोसेर भिडियो हटाएको भन्दै पत्रकारहरुले विरोध जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

error: Content is protected !!