१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

पर्सा प्रहरीले संकास्पद औषधि बोकेको ट्रक र चालकलाई पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र २७, २०७८


(रवि वर्णवाल)
पर्सा । प्रहरीले संकास्पद औषधी बाेकेकाे ट्रकसहित एक जनालाई पक्राउ गरेकाे छ ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा प्रहरीले शनिबार राती ९:३० बजे वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१६ नगवाबाट ना.३ ख १३३५ नम्बरको ट्रक नियन्त्रणमा लिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त ट्रकलाई रोकी जाँच गर्दा ट्रकभित्र तेह्र लाख अड्चालिस हजार सात सय छयहत्तर बराबरको पाेलिबियन २५० एमएलकाे सिरफ ७८६ कार्टुन बरामद भएकाे प्रहरीले जनाएकाे छ ।
ट्रकमा रहेकाे औषधीकाे आयात गर्न आवश्यक पर्ने ईजाजत प्राप्त चिकित्सकको स्वीकृति पत्र लिएको नपाइएकोले उक्त ट्रक, औषधि र चालक वीरगञ्ज महानगरपालिका वडा नं.२ वस्ने वर्ष ३० को सरोज मियाँलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ।

पक्राउ परेका ट्रक, औषधि र चालकलाई आवश्यक कारवाहीको लागि आइतबार औषधि व्यवस्था विभाग शाखा कार्यालय पर्सा वीरगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अमिशा पराजुली रहिछिन् आँटिली यी युवती यी हुन् एमाले कार्यकर्ता अमिशा पराजुली। उनी हिजो दिनभर केपी ओली प’क्रा’उको विरोध गर्दै सडकमा उत्रिएपछि धेरैले उनको खोजी गरिरहेका थिए। धेरैले उनको आत्मविश्वास र खुलेर समर्थन जनाउने शैलीको प्रशंसा गरेका छन् भने केहीले आलोचना गर्दै उनलाई “beauty without brain” जस्ता टिप्पणीसमेत गरेका छन्। सामाजिक सञ्जालमा आउने […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

error: Content is protected !!