१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

गृहमन्त्री खाँडलाई डिआइजी आचार्यको चुनौती दरबन्दी नगएर हेट-क्वाटरमा हाजिर किन?

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले गरेको सरुवा नेपाल प्रहरीका एक डिआइजीले अस्वीकार गरेका छन् । आफुलाई अपमान गरिएको भन्दै डिआइजी मुकुन्द आचार्यले सरुवा अस्वीकार गरेका हुन् ।

एक महिनाअघि गृह मन्त्रालयले आचार्यलाई लुम्बिनी प्रदेश कार्यालयको प्रमुखबाट लागू औषध अनुसन्धान ब्यूरोमा सरुवा गरेको थियो । पार्टीका नेताहरूको सिफारिसअनुसार काम नगरेको भन्दै उनलाई पाँच महिनामै लुम्बिनी प्रदेशबाट हटाइएको थियो । त्यसको क्षतीपूर्तिका लागि भन्दै ब्यूरोमा इन्चार्जका रुपमा पठाइएको थियो । तर, ब्यूरोमा डिआइजीको दरबन्दी नै थिएन । दरबन्दी नभएको ठाउँमा जान उनले अस्वीकार गरेका हुन् । इन्चार्जको लोभ छाडेर उनी प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छन् ।

कुनै गल्ती नगर्दा र राजनीतिक दलका नेताको अनुचित दबाब नमान्दा उनलाई अपमानजनक रुपमा हटाइएको थियो । खासगरी, कांग्रेस नेता देवेन्द्रराज कँडेललगायतको दबाबमा उनलाई हटाइएको स्रोत बताउँछ । आचार्य नवलपरासीको एसपी हुँदादेखि नै कँडेलसँग उनको विवाद थियो । पछि दुर्घटनामा नवलपरासीको बर्दघाटका इन्सपेक्टर कपिल वाग्लेको मृत्यु भएको घटनामा समेत कँडेलले डिआइजीलाई जोडेर बदनाम गराउने प्रयास गरेका थिए । जसमा गृह मन्त्रालयले छानबिन समेत ग¥यो । जसमा इन्सपेक्टर वाग्लेको दुर्घटनामा मृत्यु भएको प्रष्ट भयो ।

पछि कांग्रेस महाधिवेशनको कारण देखाएर उनलाई त्यहाँबाट सरुवा गरिएको थियो । महाधिवेशनमा गृह क्षेत्रमा आफु अनुकुल प्रहरी लैजानुपर्ने भन्दै उनले राम्रो काम गर्दा गर्दै पनि डिआइजीलाई हटाएका थिए । लागू औषध ब्यूरोमा डिआइजीको दरबन्दी राखिने भनेर उनको सरुवा भएको थियो । जसको अझै प्रक्रिया अघि समेत बढेको छैन ।

त्यस्तै, महाधिवेशनको मुखमा गृहमन्त्रीले गृहजिल्ला रुपन्देहीका विभिन्न वडा कार्यालयका इन्सपेक्टर फेरेका थिए । पास आउट भएको एक वर्ष पुगेका इन्सपेक्टरलाई समेत नेताको सिफारिसको आधारमा इन्चार्ज बनाइएको थियो । जबकि, साउनमा हुनुपर्ने इन्सपेक्टर र लेखापालको नियमित सरुवा भने अझै हुन सकेको छैन ।
त्यस्तै, चलखेलका आधारमा एआइजी र डिआइजीको दरबन्दी थप्ने प्रक्रिया पनि अघि बढाइएको छ । तर, अर्थ मन्त्रालयले यसमा सहमति दिएको छैन । डिआजी रविन्द्र धानुकलाई एआइजी बनाउने सर्तमा मात्र अर्थमन्त्री जनार्दन शर्माले दरबन्दी थप्न स्वीकृती दिने सम्भावना रहेको स्रोत बताउँछ । एआइजी बढुवामा धानुकसहित उत्तम सुवेदी, धिरजप्रताप सिंह, बसन्त लामा, अरुण बिसी लगायत प्रतिस्पर्धामा छन् । दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यदि तपाई चिया र चुरोटको शौकीन हुनुहुन्छ भने तपाईले नचाहेकै पनि धेरै रोगहरुलाई निम्तो दिईरहनुभएको छ यी दुई सँगै पिउनाले धेरै रोगहरुको जोखिम बढ्छ । कार्यालय अगाडि प्रायः चिया पसल हुन्छ। जसमा चुरोट पनि पाइन्छ । अफिसबाट निस्किने बित्तिकै मानिसहरु आफ्नो तनाव कम गर्नका लागि चिया संग चुरोट पिउने गर्छन् तर यो गलत […]

दाङ । घोराही सिस्ने खोलादेखि मुर्कुटी जाने सडक कालोपत्रे हुनुपर्ने माग राख्दै विगत पाँच दिनदेखि सो क्षेत्रमा सिमेन्ट उद्योगको खानेसम्म चल्ने टिप्पर रोकेर आन्दोलन गरिरहेका विभिन्न १२ वटा टोल विकास संस्थाका प्रतिनिधिहरु आफ्नो गुनासो सुनवाई गर्ने उद्देश्य सहित काठमाडौँ डेलिगेसन गएका छन् । डेलिगेसनमा गएको टोलीलाई विदाई गर्दै घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले सो […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले नेपालगन्जमा २२ वर्षीया सिर्जना बुढा मगरलाई जिउदै जलाएर हत्या गरिएको घटनामा प्रहरीले केही गरिन भन्ने आरोप पछी पिडित परिवारलाई दुई हात जोड्दै भन्छ्न, “म यो लगाएको फुलि निकालेर फाल्दिन्छु तर कसैको दबाब प्रभाबमा नपरि निस्पक्ष छानबिन गरेर हत्यारालाई कडा भन्दा कडा सजाय दिलाउछु”। एसपी […]

error: Content is protected !!