२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बर्दिया प्रहरीले ठुलो मात्रामा लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

ABC (क्राईमबिट)
बर्दिया । जिल्लाको बढैयातालका विभिन्न स्थानवाट १२.३ ग्राम लागुऔषध (ब्राउन सुगर) सहित चार जना पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गत पुस २८ गते बढैयाताल–२ वाट बाँकेको खजुरा गाँउपालिका वडा नम्वर २ का ३३ बर्षिय दिवश भण्डारी र वडा नम्वर ५ का २१ बर्षिय बिशाल परियार पक्राउ परेका थिए । उनीहरुको साथवाट १ ग्राम ४०० मिलिग्राम (ब्राउन सुगर) र २ थान मोबाईल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।
त्यस्तै पुस २९ गते बढैयाताल–७ वाट दैलेख गुँरास गाउँपालिका–३ का ३० बर्षिय तुलाराम शर्मा ७ ग्राम ४४० मिलीग्राम लागु औषधसहित पक्राउ परेको बर्दिया प्रहरीले जनाएको छ । उनको साथवाट १/१ थान मोटरसाईकल र मोबाईलसमेत बरामद गरिएको प्रहरी नायव उपरिक्षक शाहीले बताए । बिहिवार नै बढैयाताल ८ वाट गुलरिया–४ का २० बर्षिय बिपन सुनार ३ ग्राम ४६० मिलीग्राम लागुऔषध सहित पक्राउ परेका छन । उनको साथवाट १/१ थान मोटरसाईकल र मोबाईलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । भारतवाट नेपालतर्फ आउँदै गर्दा पक्राउ परेका उनीहरु चारै जनालाई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान भईरहेको बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]