०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

बर्दिया प्रहरीले ठुलो मात्रामा लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष ३०, २०७८

ABC (क्राईमबिट)
बर्दिया । जिल्लाको बढैयातालका विभिन्न स्थानवाट १२.३ ग्राम लागुऔषध (ब्राउन सुगर) सहित चार जना पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गत पुस २८ गते बढैयाताल–२ वाट बाँकेको खजुरा गाँउपालिका वडा नम्वर २ का ३३ बर्षिय दिवश भण्डारी र वडा नम्वर ५ का २१ बर्षिय बिशाल परियार पक्राउ परेका थिए । उनीहरुको साथवाट १ ग्राम ४०० मिलिग्राम (ब्राउन सुगर) र २ थान मोबाईल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।
त्यस्तै पुस २९ गते बढैयाताल–७ वाट दैलेख गुँरास गाउँपालिका–३ का ३० बर्षिय तुलाराम शर्मा ७ ग्राम ४४० मिलीग्राम लागु औषधसहित पक्राउ परेको बर्दिया प्रहरीले जनाएको छ । उनको साथवाट १/१ थान मोटरसाईकल र मोबाईलसमेत बरामद गरिएको प्रहरी नायव उपरिक्षक शाहीले बताए । बिहिवार नै बढैयाताल ८ वाट गुलरिया–४ का २० बर्षिय बिपन सुनार ३ ग्राम ४६० मिलीग्राम लागुऔषध सहित पक्राउ परेका छन । उनको साथवाट १/१ थान मोटरसाईकल र मोबाईलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । भारतवाट नेपालतर्फ आउँदै गर्दा पक्राउ परेका उनीहरु चारै जनालाई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान भईरहेको बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]