१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

अर्घाखाँची वडा ९ को स्वास्थ चौकीमा सितामोल छैन एम्बुलेन्स छ बाटो छैन पोल छ बत्ती छैन

Logo
प्रकाशित आइतबार, माघ ०९, २०७८

(सागर थापा)
दाङ । अर्घाखाँचीको सास्कृतिक,प्राकृतिक तथा भौगोलिक हिसाबले निकै रमाइलो र सारै सुन्दर नगरपालिकामा गनिन्छ।
सितगङ्गा नगरपालिका प्रवेश गर्ने यो मुख्य द्वार हो अर्को  भाषामा भन्दा मुख्य मार्गको हबिगत र हालत हेर्ने हो भने बिजोग सारै दर्द्नाथ र अस्तब्यस्थ छ । यहि अस्तब्यस्थ सडकको कारण दिनहुुँ बिभिन्न सवारीसाधनहरु दुर्घटना हुनुको साथै यात्रुहरु सारै कठिन पुर्ण र सारै जोखिम पुर्ण यात्रा गर्नु परेको स्थानीय तथा बाहिरी यात्रीको गुणासो छ। रिपोर्टिङको क्रममा पत्रकार समेत ठुलो दुर्घटना हुनबाट जोगिएका पनि छ्न।
यति मात्र होइन सितगङ्गा वडा न:९ मा मान्छेको दैनिक जनजीवन सङ्ग जोडिने विभिन्न समस्याहरु यथावत नै छन्। सबैको हातमा मोबाईल छ ।  मोबाइलमा तर टावर छैन कसैलाई अतिआव्श्यक कल गर्नु पर्यो भने माथी डाढामा गएर रुख चढनु पर्छ। अनि बल्ल बल्ल अलि अलि काम गर्छ टावरले।
बिमारी पर्दा एम्बुलेन्स छ तर गतिलो बाटो छैन एम्बुलेन्स चढ्यो भने हस्पिटल पुगिन्छ कि पुगिन्न भनेर दश पटक सोच्नु पर्ने बाध्यता छ। बत्तीको पोल छ तर बत्ती छैन सोलारले काम चलाउनुपर्छ ।
वडामा स्वस्थ्य चौकी छ तर सितामोल छैन हेर्दा सामान्य देखियता पनि यो समस्या गम्भीर हो । वडा बासीहरुको अनुसार जनप्रतिनिधि वडा ९ का अध्यक्षले आफ्नो ५ बर्ष कार्यकाल सकिन लाग्दा सम्म बिकासको कामलाई बेवास्ता गरेको गम्भीर आरोप लगाएका छ्न । अब यस्तो गम्भीर समस्या समाधान गर्ने जिम्मेवारी कस्को हो त ?
यस विषयमा सितगङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भिम केसीले आफुले जनप्रतिनिधि भए पछी बिकास निर्माणको काम जिरोबाट सुरु गरेको र वडामा केही अधुरो काम हरु बाँकि रहेकोमा आफू चिन्तित भएको तत्काल बाटो निर्माणको कामलाई अगाडि बढाउने प्रतिबद्ता व्यक्त गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

काठमाडौं । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा बुधबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम […]

error: Content is protected !!