१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

काठमाडौंमा पठाओ राइडरलाई अपहरण गरेर लुटपाट गर्ने २ जना पक्राउ

Logo
प्रकाशित आइतबार, माघ ०९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । कोटेश्वरबाट ललितपुरको धापाखेलस्थित आँखादहमा लगेर पठाओ राइडर प्रविन राईलाई लुटपाट गर्ने सुमन तामाङ र मिनराज राईलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो ।
ललितपुर प्रहरीको अनुसार सुमन र मिनराजले प्रविनका हाँतखुट्टा बाँधेर तथा मुखमा टेप बाँधेर बागमती प्रदेश ०२-०१-००१ प ११६६ नम्बरको मोटरसाइकल लुटेका थिए । त्यस्तै प्रविनको साथबाट आठ हजार नगद, मोबाइल, मोटरसाइकलको ब्लुबुक लुटेका थिए ।
गएराति १२ बजे सुमन कोटेश्वरबाट पठाओ चढेर गएका थिए । उनले साथी मीनराजलाई धापाखेलमा बोलाएर योजनाबद्ध रुपमा लुटेको प्रहरीको भनाइ छ । पक्राउ परेका सुमन र मिनराजबाट लुटिएका सामान बरामद गरी पीडित प्रविनलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

काठमाडौं । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा बुधबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम […]

error: Content is protected !!