१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

हिमालय एयरलाइन्सलाई ISO प्रमाणीकरण प्रमाणपत्र प्रर्दान

Logo
प्रकाशित सोमबार, माघ १०, २०७८


(ABC-Sanchar)
काठमाडौं । हिमालय एयरलाइन्सले नेपालमा आइ.एस.ओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गरेको छ । एयरलाइन्सलाई स्तरीय व्यवस्थापन प्रणाली आइ.एस.ओ का मापदण्ड अनुरूप भएको प्रमाणीकरण गर्दै गत पुस १४ गते प्रदान गरिएको थियो । आइ.एस.ओ ९००१ः२०१५ प्रमाण–पत्र नं 120057/A/0001/UK/En ​ संयुक्त अधिराज्यस्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिस’ द्वारा हिमालय एयरलाइन्सलाई प्रदान गरिएको हो ।

 

एयरलाइन्सले स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिम लगायतका सेवा व्यवस्था गरेबापत उक्त प्रमाणीकरण प्राप्त गरेको हो । आइ.एस.ओ विश्वव्यापी मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण संगठन (ISO) ​को प्रभावशाली मानक हो ।

आफ्नो व्यवस्थापकीय समूहलाई बधाई दिँदै एयरलाइन्सका अध्यक्ष झो एन्योङ्गले भने,‘आइ.एस.ओ प्रमाणीकरण प्राप्त गर्नु अत्यन्तै गर्वको कुरा भन्दै सामूहिक प्रयासको उत्कृष्ट प्रतिफल भएको बताए ।’ साथै, उनले आगामी दिनमा व्यवस्थापनलाई अझै परिष्कृत गर्ने, सेवाका स्तर बढाउने र नीति–नियमहरूको उचित रूपमा पालना गर्दै लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले पनि यस उपलब्धि उल्लेखनीय रहेको बताए । हिमालय एयरलाइन्स नेपाल–चीन संयुक्त लगानीको निजी वायुसेवा कम्पनी हो । एयरलाइन्सले २०२० मा हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ सेवा बापत पनि आइ.एस.ओ बाट सम्मानित भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्। उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ। रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा […]

काठमाडौं । रवि लामिछानेलाई मानसिक रूपमा दबाबमा पार्ने उद्देश्यले SP दीपक खडकाले ‘अन्तिम इच्छा’ सोधिएको भन्ने विषय सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित प्रहरीमाथि अनुसन्धान गर्ने भएका छन् । एसपी दीपक खड्का उर्फ विवादका पर्याय भएका छन्, जहाँ-जहाँ उनले कार्यकाल सम्हाले त्यहाँ कुनै न कुनै विवादमा नफसेको रेकर्ड नै छैन। धम्की, चन्दा आदि मुद्दामा उनको […]

काठमाडौं । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सोही महाविद्यालयमा बुधबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम […]

error: Content is protected !!