१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

पर्सामा एसपी रमेश कुमार बस्नेत आएदेखि दर्जनौ मोटरसाईकल र चोरहरु धमाधम पक्राउ

Logo
प्रकाशित शनिबार, माघ २२, २०७८

ABC (क्राईमबिट)
पर्सा । पछिल्लो समय मोटरसाइकल चोरीका घटनामा वृद्ध भएपछि प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्लो एक महिनामा दर्जनभन्दा बढी मोटरसाइकल चोरलाई नियन्त्रणमा लिएको छ ।

पर्सा जिल्लाका प्रहरी प्रमुख एसपी रमेश कुमार बस्नेतको निर्देशनमा प्रहरीले अभियान सञ्चालन गरेर मोटरसाइकल चोरहरुलाई नियन्त्रणमा लिन थालेको हो ।

प्रहरीले जिल्लाको सदरमुकाम वीरगञ्जमा मोटरसाइकल चोरहरुलाई पक्राउ गर्ने अभियान चलाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वीरगञ्जका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरिरहेको, चोरेर भाग्दै गरेको र चोरी भएपछि अनुसन्धान गरेर मोटरसाइकलसहित दर्जनौं चोरलाई पक्राउ गरिएको पर्सा प्रहरीको पछिल्लो तथ्यांकले देखाउछ ।

पर्सा प्रहरीले माघ १९ गते मंगलवार राती १० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिष्वा चोकमा पार्किङ्ग गरेर राखिएको मोटरसाइकल चोरेर भाग्दै गरेका वीरगञ्ज महानगरपालिका वडा नम्बर २ निवासी मोहमद अलीलाई पक्राउ गरेको थियो ।पर्सा जिल्लामा शान्ति सुरक्षा व्यवस्था कायम गर्न, तस्करी नियन्त्रण गर्न, अपराधीक घटना हुन नदिन पर्सा प्रहरीले कुनै कसर बाकी नराख्ने एसपी बस्नेतले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

काठमाडौं । मध्यपूर्वमा जारी युद्धको प्रभाव ऊर्जा बजारमा स्पष्ट देखिन थालेसँगै भारतले जेट इन्धन र व्यावसायिक एलपिजीको मूल्य बढाएको छ। यद्यपि सरकारले सम्भावित तीव्र मूल्यवृद्धिलाई आंशिक रूपमा सीमित गर्दै उपभोक्तालाई केही राहत दिने प्रयास गरेको जनाएको छ। भारतको पेट्रोलियम मन्त्रालयका अनुसार उड्डयन टर्बाइन इन्धन (एटिएफ)को मूल्य राजधानी दिल्लीमा ८.५ प्रतिशतले बढाइएको छ र अन्य प्रमुख […]

दाङ । स्थानीय विभिन्न टोल विकास संस्थाहरुले घोराही–१६ स्थित बाल अस्पताल अल्पत्र परेको विषयमा अबगत गराएपछि विषेस चासोसहित घोराही बनाऔं अभियानले अलपत्र बाल अस्पताल सूचारु गर्ने विषयमा बढाएको सक्रियता सार्थक हुने अवस्थामा पुगेको छ । २०६६ सालमा उमा शंकरनाथ योगी बाल अस्पताल नामाकंरण गरेर भव्य भवन र प्रशस्त जग्गाजमिनसहित सुरु भएको अस्पताल सुरु भएको केही […]

error: Content is protected !!