२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

सेनाको क्याप्टेन हुँ भनी ठगी गर्ने १ जना कास्कीबाट पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ५ घर भई पोखरा १० अम्मरसिंहचोक बस्ने वर्ष ३८ को अर्जुन कटुवाल भन्ने धन बहादुर परियार रहेका छन ।

ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, आफू नेपाली सेनाको क्याप्टेन रहेको र हाल मिसनको लागि विदेशमा रहेका आफूसँग सेनाको ठूला ठूला मानिससँग चिनजान छ । त्यसैले सिंगापुर पुलिस, नेपाली सेनाको सेकेण्ड लेप्टेन र सिपाही पदमा नोकरी लगाई दिन सक्छु भनी ठागी गर्दै आइरहेका थिए ।

उनी फेसबुकमा कुराकानी गरी भर विश्वास दिलाई ३ जना व्यक्तिहरूबाट रु.९,७५,१४०।– (नौ लाख पचहत्तर हजार एक सय चालिस) रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

आपराधिक बिश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा प्रहरीले सम्मानित कास्की जिल्ला अदालतबाट सात (७) दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!