(बिकाश बिसि ) दैलेख निर्वाचन सार्नुपर्ने माग गर्दै गठबन्धन पक्षका चारजना उम्मेदवारले आज (शुक्रबार) दैलेख जिल्लाको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ। उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक निकरबहादुर तारीमाका अनुसार विद्यालय व्यवस्थापन समितिको निर्वाचन भोलि (शनिबार) गर्ने तयारी रहेका वेला गठबन्धनका उम्मेदवारले विभिन्न माग राख्दै निर्वाचनको निहुँमा विद्यालयमा तालाबन्दी गरेको बताए। उनले विद्यालय जस्तो पवित्र स्थलमा राजनीति गर्नु राम्रो नभएको चर्चा गरे।