२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

स्याङ्जामा उत्कृष्ट प्रहरी ”POLICE OF THE MONTH” सम्मानद्वारा सम्मानित

Logo
प्रकाशित शुक्रबार, बैशाख ०९, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङजामा कार्यरत प्रहरी जवान श्याम ब.रास्कोटीले जिल्ला प्रहरी कार्यालय स्याङजाको CRS शाखाको जिम्मेवारी सम्हाली कार्य तथा अपराध अनुसन्धान शाखासंग संमन्वय गरी बिभिन्न मुद्दाका अभियुक्तहको Criminal Record हेर्नुका साथैबिभिन्न मुद्दाका फरार अपराधीहरुलाई खोजतलास गरी पक्राउ गर्न उल्लेखनिय भुमिका निर्वाह गरेको र आफुलाई सुम्पिएको जिम्मेवारीईमान्दारी, वफादारीकासाथ त्रुटीरहित ढंगबाट कार्य सम्पादन तथा बिभागिय नीति निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै लगनशिल एवं कर्तब्यनिष्ट भईउच्च ब्यवसायिकताका साथ कुशलतापूर्वककार्य सम्पादन गरेको हुँदा निज प्रहरी जवान श्याम बहादुर रास्कोटीलाई प्रोत्साहन स्बरुप “२०७८ साल फाल्गुन महिनाको उत्कृष्ट प्रहरी(POLICE OF THE MONTH)”घोषणा गरी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक राजिब बहादु बस्नेतले कदर-पत्र प्रदान गर्नु भएको स्याङ्जा प्रहरी प्रबक्ता डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]