२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

दाङ प्रहरीले लमहीबाट अवैध हतियार पेस्तोलसहित ३ जना पक्राउ

Logo
प्रकाशित शनिबार, बैशाख २४, २०७९

ABC (क्राईमबिट)
दाङ । लमही नगरपालिका ३ टिकुलीगढ स्थित रहेको जुनु वडी विल्डर्स (ठुला गाडी मर्मत गर्ने ग्यारेज) बाट अवैध हतियार पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

बाग्लुङ जिल्ला बुर्तिवाङ झियाखोला घर भई हाल लमही नगरपालिका ३ बस्ने २० बर्षिय सोमु बिक, रुपन्देही शुद्धोधन गाउँपालिका २ भुजौली घर भई तलमी नगरपालिका ३ बस्ने ४० बर्षीय कमल भनिने रुक्मान सुनार र लमही नगरपालिका ३ मझगाउँ स्थित फर्निचर तथा आह्रन संचालन गरी बस्ने अन्दाजी ६२/७३ वर्षिय मुम बहादुर घर्ती मगरलाई पक्राउ गरेको छ ।

एक जना ब्यक्ति चक्कु राखेर हिडिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी नर्तिबाट खटि गएको प्रहरी टोलीले खान तलासी लिने क्रममा उक्त अबैध हतियार पेस्तोल बरामद गरेको हो । २० बर्षीय बिकको साथबाट भरुवा बन्दुकलाई मोडिफाइ गरि निर्मित पेस्तोल आकारको अबैध हतियार बरामद भएको प्रहरीले बताएको छ ।

सुनारले लमहीको टिकुलीगढमा जुनु बडी विल्डर्सको ग्यारेज संचालन गर्दै आएका छन् । सुनार नाताले बिकको फूफाजु हुन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

error: Content is protected !!