२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

दाङको कोइलाबास सिमानामा वेवारिसे अबैध भरुवा बन्धुक बरामद

Logo
प्रकाशित सोमबार, बैशाख २६, २०७९


ABC (क्राईमबिट)
दाङ । कोइलाबास नाकाबाट वेवारिसे अवस्थामा एउटा भरुवा बन्धुकसहित बन्धुकमा प्रयोग हुने १५ वटा छरा गोली र दुई वटा केप सशस्त्र प्रहरी बल भालुवाङले बरामद गरेको हो ।

गढवा गाउँपालिका ८ कोइलाबास नाकास्थित रहेको अन्तरखाल जंगलबाट वेवारिसे अवस्थामा भरुवा बन्धुकसहित बन्धुकमा प्रयोग हुने १५ वटा छरा गोली र दुई वटा केप बरामद गरेको सशस्त्र प्रहरी बल २९ नं. गण भालुवाङका सशस्त्र प्रहरी उपरिक्षक विनोद केसीले जानकारी दिनुभयो ।

कोइलाबास नाकामा अवैध हातहतियार ओसारप्रसार भैरहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल भालुवाङ र बिओपि कोइलाबासबाट गढवा गाउँपालिकामा खटिएको  प्रहरी निरिक्षक माधव ढुंगेलको कमाण्डमा गएको टोलीले उक्त बन्धुकसहित बन्धुकमा प्रयोग हुने गोली र केप बरामद गरेको हो ।

यसैबिच, स्थानीय तह निर्वाचनमा सीमा क्षेत्रमा अपराधिक क्रियाकलाप हुन सक्ने कुराको मध्यनजर गर्दै नाकामा रहेको बिओपि र सशस्त्र प्रहरी बिच ७२ घण्टासम्मका लागि सिमानाका बन्द गर्ने सम्झौता भईसकेको एसपी केसीले बताउनु भएको छ । चुनावको समयमा सिमानाकाको सुरक्षालाई लिएर आफूहरु गम्भीर रुपमा लागेको र सिमानाकाको सुरक्षा चुस्तदुरुस्त बनाएको उहाँको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भूमि सुधार तथा मालपोत कार्यालय, बाँकेले सेवाग्राहीका लागि कार्यालय प्रवेशसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । कार्यालयले सूचना जारी गर्दै सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउन अबदेखि परिचय खुल्ने कागजात हेरेपछि मात्र सेवाग्राहीलाई कार्यालय प्रवेश दिइने जनाएको छ । सूचनाअनुसार अनधिकृत व्यक्ति तथा बिचौलियाको प्रवेश रोक्न यो व्यवस्था गरिएको हो। कार्यालयबाट सेवा […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रहरीले गएराति ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको थियो। परिसरले गुण्डागर्दी गरी आफ्नो समूहसमेत बनाउन सुरु गरेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। श्याम लामा भन्ने व्यक्तिको समूहमा रहेर गुण्डागर्दी […]

दाङ । राप्ती गाउँपलिका–२ बराखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बराखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष […]

error: Content is protected !!