२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

१३९ मिडियालाई र पत्रकारलाई प्रेस काउन्सिल नेपालको कारबाही

Logo
प्रकाशित मंगलबार, बैशाख २७, २०७९


(ABC=SANCHAR)
काठमाडौं । प्रेस काउन्सिल नेपालले १३९ मिडियालाई कारबाही, ४४ वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था र २९ पत्रकारलाई ध्यानाकर्षण गराएको छ । ८१ वटा सञ्चार माध्यममा आचारसंहिता पालनामा सजग रहन निर्देशन, १७ वटालाई सचेत र १७ वटालाई ध्यानाकर्षण गराइएको छ भने नियमानुसार दर्ता/सूचीकरण नभएका ४४ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको छ ।

अक्क२०७८ चैत २६ गतेदेखि हालसम्म कुल १३९ सञ्चार माध्यमबाट १५० वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएकोमा ४४ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आचारसंहिता प्रतिकूल सामाग्री सम्प्रेषण गर्ने १३९ सञ्चार माध्यममध्ये ३६ वटालाई स्पष्टीकरण सोधिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकोले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोही अनुसार प्रकाशन भएको, केहीले तथ्य खुलाई क्षमायाचनासहित सामग्री हटाएका र कतिपयले भूल सुधार गरी आगामी दिनमा आचारसंहिता पालनामा प्रतिवद्व रहने जनाएको काउन्सिलले जनाएको छ ।

साथै पत्रकारको सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन गर्ने क्रममा सामाजिक सञ्जाल (फेसबुक)बाट कुनै दलविशेष तथा उम्मेदवारको प्रचारप्रसार तथा मत आह्वान गर्ने २९ जना पत्रकारलाई ध्यानाकर्षणसमेत गराइएको छ ।

काउन्सिलले स्थानीय तह निर्वाचनका सन्दर्भमा २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागु भएपश्चात् देशभरका सञ्चार माध्यमहरूको अनुगमन गर्दै निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाउँदै आएको छ । सभार प्रेस काउन्सिलबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!