१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

जसपाबाट बिरगन्ज महानगर मेयर पदका उम्मेदवार सिंहले दिए गुन्डा पठाउने धम्की

Logo
प्रकाशित मंगलबार, बैशाख २७, २०७९

ABC संचार (ब्युरो)
काठमाडौँ । जनता समाजवादी पार्टीको तर्फबाट बिरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर)का उम्मेदवार राजेश मान सिंहको चर्को दबाबमा पत्रकारलाई झुटो मुद्धामा फसाइएको छ ।

बिरगन्जका पत्रकार रवी बर्णवाललाई प्रहरीले जसपाबाट नगर प्रमुख (मेयर)का उम्मेदवार सिंहको दबाबमा झुटो मुद्धा लगाएर फसाएको हो ।

बैशाख ९ गते राजेश मान सिंहका कार्यकर्ता र रवी बर्णवालको बिचमा सामान्य विवाद भएको थियो । सिंहका कार्यकर्ता सम्सोद्दिन अन्सारी र बर्णवालको बिचमा बिबाद हुँदा नगर प्रमुख (मेयर)का उम्मेदवार राजेश मान सिंहले पत्रकार बर्णवाललाई धम्काएका थिए । जुन धम्किको अडियो र भिडियो एविसी संचारलाई प्राप्त भएको छ । सो अडियो भिडियोमा जसपा नेता सिंहले पत्रकार बर्णवाललाई धम्काएको प्रष्ट सुन्न सकिन्छ ।

पत्रकार रवी बर्णवाललाई त्यस पछि एकाएक प्रहरीले पक्राउ गरेर लगेको थियो । सामान्य छलफल सोधपुछ गर्नुछ भनेर लगेको प्रहरीले एकाएक पक्राउ पुर्जी दिँदै मुद्धा चलाएको थियो ।

पत्रकार रवी बर्णवालले एविसी संचारसँग कुरा गर्दै भने, “मलाई जसपाको नेताले फोनमा धम्की दिए, गुण्डा लगाएर जे पनि गर्नसक्छु भने, मेरो सुरक्षा गर्नुपर्ने प्रहरीले उल्टै मलाई पक्राउ गर्‍यो । सत्ता र शक्तीको दुरुपयोग गर्दै जसपा नेता सिंहले मलाई फसाए ।”

यता जसपा नेता सिंहका कार्यकर्ता सम्सोद्दिन अन्सारीलाई एविसी संचारले प्रतिकृयाको लागि पटक पटक फोन संपर्क गर्दा उनले फोन काटे । उता प्रतिकृयाको लागि जसपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहलाई फोन गर्दा सिंहको फोन अरु मान्छेले रिसिभ गरेर कार्यक्रममा एकदमै बिजि हुन्छ अहिले कुरा गर्न सकिन्न भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]

घोराही बनाउँ अभियानद्वारा घोराहीमा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै, विकासका मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता दाङ । घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। २०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ […]

बाँके । बैजनाथ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका-१, चिसापानीमा चिसापानी ट्राफिक प्रहरीको समन्वयमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरिएको हो। सडक सुरक्षा प्रवर्द्धन, पैदलयात्रीहरुको सुरक्षित आवागमन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैजनाथ जेसीजले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने चिसापानी […]