२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

विवाद हुँदा धनुषामा गोली चलेयो ११ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ ०३, २०७९

(ABC=SANCHAR)
धनुषा । नगराइन नगरपालिका ८ मा चुनाव हार जितको विषयमा विवाद हुँदा गोली चलेको छ । काँग्रेस र एमाले समर्थक दाजुभाईको बिचमा विवाद हुँदा गोली चलेको हो ।

झगडामा संलग्न ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले बताए । क्षेत्रीले भने–‘घटनास्थलबाट २ वटा पेस्तोल बरामद गरेका छौं ।’ चुनाव हारतिजको विषमा नसिव पासवान, जामुन पासवान र श्रीनारायण पासवानको बीचमा विवाद भएको थियो ।

झगडा गर्नेहरु पारिवारिक सदस्य हुन् । उनीहरुले ३ वटा पेस्तोल प्रदर्शन गरेका थिए । तर, प्रहरीले घटनास्थलबाट दुईवटा पेस्तोल बरामद गरेको छ । घटनास्थलमा फायर भएको एक राउण्ड गोलीको खोका भेटिएको डिएसपी क्षेत्रीले जानकारी दिए । आरोपीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]