०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन एक्लै लडेको जित्थ्यो नेता : यादव

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

(ABC=SANCHAR)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले ५ दलीय गठबन्धनबाट आफ्नो पार्टीलाई कुनै फाइदा नभएको बताएका छन् ।
उनले भने, यथार्थ कुरा गर्ने हो भने गठबन्धनबाट हामीलाई कुनै फाइदा भएको छैन । बरु गठबन्धन बाहिर गएको भए बढी सिट जित्थ्यौं । फाइदा र बेफाइदा खोज्ने भनेको व्यापारमा हो, राजनीतिमा खोज्ने भनेको नीति, मूल्य र मान्यता हो ।

गठबन्धनका नाममा जबर्जस्ती सिन्डिकेट निर्माण गर्न खोज्दा काठमाडौं, जनकपुर, कलैया, धरान, धनगढीमा स्वतन्त्र मत अभिव्यक्त भयो । यो पार्टी नेतृत्वको छोटे राजाजस्तो बुझाइप्रतिको विद्रोह हो ।

माथिबाट जबर्जस्ती लाद्दैमा जनताले मान्नेवाला छैनन् । राजनीतिमा आएको संकेतलाई चिन्न सक्नुभएन भने चर्को मूल्य पर्छ । हिजोकै पाराले आफ्नो अनुकूलतामा राजनीतिक भाष्य बनाएर जनतालाई ठग्ने समय छैन ।

स्थानीय तहको निर्वाचन परिणामलाई लिएर गठबन्धनमा गम्भीर समीक्षा हुने पनि उनले औंल्याए । यादवले भने, ठूलो पार्टी भयो भने त्यसै चुनाव जितिन्छ, चुनाव चिह्न भयो भने जितिन्छ, जायज नाजायज कुकर्म जे गरे पनि जितिन्छ भन्ने मनोविज्ञानले झापड खाएको छ । जसपा गठबन्धन वा सरकारबाट बाहिरिने कुरा मैले भन्न सक्ने स्थिति छैन । तर अब गठबन्धनको पनि समीक्षा हुन्छ ।

जसपा नेता यादवले मुलुकमा सरकार छ कि छैन भन्ने अवस्था सिर्जना भएको आरोप पनि लगाए । उनले भने, “जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भएको छ । मुलुकमा सरकार छ कि छैन भन्ने अवस्था सिर्जना भएको छ ।

यो गैरजिम्मेवारीको पराकाष्टा हो । मन्त्रीहरु जनताको सेवा र राहतमा भन्दा पनि शक्ति सञ्चयमा लागेका छन् । जनताले सरकार भएको अनुभूति गर्न पाएका छैनन् । जनप्रतिनिधिका रुपमा म सदनमा जनताको आवाज जोडदार रुपमा उठाउँछु ।दैनिक न्युज नेपालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।