२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन एक्लै लडेको जित्थ्यो नेता : यादव

Logo
प्रकाशित मंगलबार, जेठ १०, २०७९

(ABC=SANCHAR)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले ५ दलीय गठबन्धनबाट आफ्नो पार्टीलाई कुनै फाइदा नभएको बताएका छन् ।
उनले भने, यथार्थ कुरा गर्ने हो भने गठबन्धनबाट हामीलाई कुनै फाइदा भएको छैन । बरु गठबन्धन बाहिर गएको भए बढी सिट जित्थ्यौं । फाइदा र बेफाइदा खोज्ने भनेको व्यापारमा हो, राजनीतिमा खोज्ने भनेको नीति, मूल्य र मान्यता हो ।

गठबन्धनका नाममा जबर्जस्ती सिन्डिकेट निर्माण गर्न खोज्दा काठमाडौं, जनकपुर, कलैया, धरान, धनगढीमा स्वतन्त्र मत अभिव्यक्त भयो । यो पार्टी नेतृत्वको छोटे राजाजस्तो बुझाइप्रतिको विद्रोह हो ।

माथिबाट जबर्जस्ती लाद्दैमा जनताले मान्नेवाला छैनन् । राजनीतिमा आएको संकेतलाई चिन्न सक्नुभएन भने चर्को मूल्य पर्छ । हिजोकै पाराले आफ्नो अनुकूलतामा राजनीतिक भाष्य बनाएर जनतालाई ठग्ने समय छैन ।

स्थानीय तहको निर्वाचन परिणामलाई लिएर गठबन्धनमा गम्भीर समीक्षा हुने पनि उनले औंल्याए । यादवले भने, ठूलो पार्टी भयो भने त्यसै चुनाव जितिन्छ, चुनाव चिह्न भयो भने जितिन्छ, जायज नाजायज कुकर्म जे गरे पनि जितिन्छ भन्ने मनोविज्ञानले झापड खाएको छ । जसपा गठबन्धन वा सरकारबाट बाहिरिने कुरा मैले भन्न सक्ने स्थिति छैन । तर अब गठबन्धनको पनि समीक्षा हुन्छ ।

जसपा नेता यादवले मुलुकमा सरकार छ कि छैन भन्ने अवस्था सिर्जना भएको आरोप पनि लगाए । उनले भने, “जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भएको छ । मुलुकमा सरकार छ कि छैन भन्ने अवस्था सिर्जना भएको छ ।

यो गैरजिम्मेवारीको पराकाष्टा हो । मन्त्रीहरु जनताको सेवा र राहतमा भन्दा पनि शक्ति सञ्चयमा लागेका छन् । जनताले सरकार भएको अनुभूति गर्न पाएका छैनन् । जनप्रतिनिधिका रुपमा म सदनमा जनताको आवाज जोडदार रुपमा उठाउँछु ।दैनिक न्युज नेपालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । कटुवाललाई केही महिनाअघि ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा […]

पर्सा । नेपाल फोटो पत्रकार महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन सौराहामा सम्पन्न भएको छ। देशभरका फोटो पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै फोटो पत्रकारिताको सुदृढीकरण, पेशागत हकहित संरक्षण तथा प्रविधिमैत्री अभ्यासलाई प्राथमिकतामा राख्ने महत्वपूर्ण निर्णयहरू गरेको छ। महाधिवेशनको उद्घाटन चितवनका सिडियो गणेश अर्यालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले फोटो पत्रकारिता लोकतन्त्रको […]

दाङ । राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेलीले रातभर लगाएर ती ३ जना अभियुक्तलाई प्रकाउ गर्न सफल भएकाे हाे । हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले […]

error: Content is protected !!