२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

बिधालयमा पुगेर विद्यार्थीलाई ट्राफिक सचेतना सिकाउँदै दाङ जिल्ला ट्राफिक प्रमुख:झबिन्द्र

Logo
प्रकाशित आइतबार, आषाढ १२, २०७९


(सागर थापा)
दाङ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक सचेतना अभियानलाई तीव्रता दिएको छ । विद्यालयमा आधारित सचेतना कार्यक्रम गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आईतवार विद्यार्थीहरुलाई प्रशिक्षण दिएको छ । घोराहीमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुलाई जिल्ला ट्राफिक कार्यालय दाङबाट गएको ट्राफिक प्रहरीको टोलीले प्रशिक्षण दिएको थियो ।

प्रशिक्षण कार्यक्रममा दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले उपस्थित करिब २०० सय विद्यार्थीहरुलाई ट्राफिक चिह्न, दुर्घटनाका कारण र न्यूनीकरणका उपायबारे जानकारी दिएका थिए । “करिब ६० प्रतिशत सवारी दुर्घटना मानवीय कारणले हुन्छन्”, उनले भने, “यसलाई हामी आफैँले न्यूनीकरण गर्न सक्छौँ ।”
चालक तथा पैदलयात्रीको लापरबाहीका कारण धेरैजसो दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ । त्यसैगरी दुर्घटनाको दोस्रो कारणमा यान्त्रिक गडबढी देखिने गरेको ट्राफिक प्रमुख परियारले बताए । “त्यस्तो कारण १० प्रतिशत हाराहारीमा हुन्छन्”, उनले भने, “एक्कासि टायर पड्किने, ब्रेक फेल हुने जस्ता कारणले पनि दुर्घटना हुनसक्छन् ।”

प्रशिक्षणका क्रममा उनले कक्षा ९ र १० मा अध्ययन गर्ने किशोर किशोरीलाई सडक किनारामा हिँड्दा वा बाटो काट्दा अपनाउनुपर्ने सावधानीबारे सिकाएका थिए । “पहिले रोकिनुस्, चारैतिर हेर्नुस्,एकछिन हेर्नुस् अनि मात्रै बाटो काट्नुस्”, उनले सुझाए, “सडक किनारामा हिँड्दा पनि कमिलाको शैलीमा एकै लाइनमा हिँड्नुस् ।
सो क्रममा उनले सूचनामूलक चेतावनीमूलक र आदेशमूलक ट्राफिक चिह्नहरु विद्यार्थीलाई चिनाएका थिए । कार्यक्रममा उपस्थित विद्यार्थीहरुले कार्यक्रमबाट ट्राफिक नियमबारे धेरै कुरा जान्न पाएको प्रतिक्रिया दिए । ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले विद्यार्थी अति नै उत्सुक हुने र उनीहरुको माध्यमबाट अभिभावक, गाउँ, टोल र समाज पूरैलाई सिकाउन सकिने भएकोले विद्यालय केन्द्रित कार्यक्रम गरिएको बताए । “विद्यार्थी समाजको वास्तविक प्रतिनिधि हुन्”, उनले भने, “उनीहरुमार्फत समाजलाई धेरै कुरा सिकाउन सकिन्छ ।”

ट्राफिक प्रहरीले ट्राफिक सचेतन अभियान अन्तर्गत बिद्यालयमा यो अभियान निरन्तर अघि बढाउने परियारले बताए । विद्यालयका साथै चालक तथा यात्रुहरुलाई पनि सचेतना कार्यक्रम गरिरहेको उनले बताए ।
पद्ममोदय माध्यमिक विद्यालयका निमित्त प्रमुख मोहन कुमार अधिकारीले ट्राफिक सचेतना कार्यक्रम विद्यालयमा निकै उपलब्धीमूलक भएको बताए । “विगतमा पनि ट्राफिक प्रहरीले गरेका कार्यक्रम उपलब्धीमूलक थिए”, उनले भने, “विद्यालयमा सिकेको भन्दा ट्राफिक आफैँ उपस्थित भएर सिकाएको सिकाइ बढी उपयोगी देखिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]