२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

२ नेपाली महिला माथि सामुहिक बलात्कार गर्ने ४ जना भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ १३, २०७९

ABC (क्राईमबिट)
दाङ । भारतको उत्तर प्रदेश स्थिति बलरामपुर जिल्लाको हरैया थानाले घटनामा संलग्न रहेको अभियोगमा चार जना भारतीय युवालाई पक्राउ गरेको पुष्टि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले गरेका छन्।

‘घटना स्थल भारतीय क्षेत्र हो । शंकास्पद चार जनालाई हरैया थानाले नियन्त्रणमा लिएको छ’ उनले भने, ‘यो घटनाको एफआईआर हरैया थानामा दर्ता हुन्छ र त्यहीँबाट कानुनी प्रक्रिया अघि बढ्छ ।’भारतीय युवाहरूको समूहले राजपुर गाउँपालिका–६ खांग्रा निवासी २ जना महिलालाई बलात्कार गरेको र चार जना माथि कुटपिट गरेको जानकारी आएपछी नेपाल र भारत पक्षका सुरक्षा अधिकारीहरु घटना स्थल पुगेका थिए ।

खांग्रा नाकामा बसोवास गर्ने नेपालीहरु खाद्यान्न किन्नको लागि भारतीय बजार मनिपुर जाने गर्छन । विचमा चार किलोमिटर जंगलको बाटो पर्छ । त्यहीँ जंगलमा भारतीय लुटेराहरुले महिला माथि जबरजस्ती गरेको, कुटपिट र लुटपाट गरेको प्रहरी स्रोतले जनाएको छ ।खांग्रा नाका पुग्न राजपुर–५ जंग्रहवाको सडक भएपनि बर्खाका कारण सडक बिग्रेको छ । कोइलावास हुदै भारतीय भुमि प्रयोग गरेर खांग्रा पुग्नुपर्ने बाध्यता छ । ‘राम्रोसँग फोन लाग्दैन । त्यहाँ पुग्न सजिलो बाटो छैन’ डिएसपी रिजालले भने, ‘खांग्रा प्रहरी चौकीको टोलीलाई परिचालन गरेका छौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]