२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

नेपाल प्रहरीको ३२ जना एसएसपी खाली ३४ जना एसपी प्रतिस्पर्धी नामसहित

Logo
प्रकाशित सोमबार, आषाढ १३, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । १७ डीआईजी बढुवा सिफारिससँगै नेपाल प्रहरीमा ३२ जना एसएसपी रिक्त भएका छन्। बढुवा समितिले रिक्त दरबन्दीमा केही दिनमै सिफारिस गर्ने तयारी गरेको छ।

डीआईजी बढुवा सिफारिससँगै काठमाडौँ प्रहरी परिसर, उपत्यका अपराध महाशाखा, मानव बेचबिखन ब्युरो लगायत १७ स्थानमा केही दिनमै एसएसपी रिक्त हुँदैछन्। अरु १५ एसएसपी यसअघिबाटै रिक्त छन्।
गत वैशाख १९ गते एसएसपीहरु अनिवार्य अवकाशमा जाँदा र बाँकी रहेका एसएसपी पनि डीआईजीमा बढुवा हुँदा रिक्त दरबन्दीको संख्या ३२ पुगेको हो। रिक्त दरबन्दीमा बढुवा हुन राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर २०५८ बाट नेपाल प्रहरीमा प्रवेश गरेका तीन ब्याचका १८ जना र नेपाल प्रहरीकै तीन ब्याचका १६ जनाबीच प्रतिस्पर्धा छ। यीमध्ये २०५४ मा सेवा प्रवेश गरेका १११ औँ ब्याचका १४ जना छन्।

कन्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धान गर्दा बर्खास्त भएर पछि कारबाही फिर्ता भएका डिल्लीराज विष्ट पनि एसएसपी बढुवाको लाइनमा छन्। उनको ब्याचका सबै एसएसपी भइसकेका छन्। कोही डीआईजी सिफारिसमा परेका छन्। तत्कालीन प्रहरी नेतृत्वको कारबाहीका कारण उनी भने छुटेका थिए। तर पछि अदालतले सफाइ दिएसँगै सेवामा फर्किएका विष्ट बढुवा हुने तयारीमा छन्। यस्तै २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेका सिद्धिविक्रम शाहसहित १२ जनाको टोली २०६४ मा डीएसपीमा बढुवा भएको थियो। यो टोली राष्ट्रिय अनुसन्धान विभागमा भर्ना हुँदा पनि खुला प्रतिस्पर्धाबाट आएको हो। पछि भर्ना भएका ६ जना भने राष्ट्रिय अनुसन्धानमा आन्तरिक रुपमा भर्ना भएका थिए।

यसरी भर्ना हुने पहिलो नम्बरका शाहसहित सुशील सिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ, विमल बस्नेत, मनोज यादव, दिलीप सिंह देउवा र सञ्जीव शर्मा दास छन्।

२०५४ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा प्रवेश गरेका विनोद घिमिरे, दीपक बस्नेत, जयराज सापकोटा, रामेश्वरप्रसाद यादव तथा २०५५ मा भर्ना भएका शारदाप्रसाद चौधरी र दीपेन्द्र घर्ती पनि एसएसपीको प्रतिस्पर्धामा छन्।

एसपीको पाँचौँ वरीयतामा रहेका गणेश चन्द भने हलै डीआईजीमा सिफारिस भएको ब्याचकै हुन्। एउटै विज्ञापनमा भर्ना भए पनि उनको राष्ट्रिय अनुसन्धान विभागमा पोस्टिङ भएको थियो। पछि नेपाल प्रहरीमा फर्किएका चन्द ब्याचीभन्दा पछि परेका हुन्। सँगै भर्ना भएकी चन्दकै ब्याची समेत रहेकी पत्नी दुर्गा सिंहसहितको टोली डीआईजीमा सिफारिस भइसकेको छ। २०६६ सालमा डीएसपी भए पनि सँगै एसपी भएको राजन अधिकारी, ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल र दानबहादुर कार्कीसहितको टोली पनि एसएसपी बढुवाको बलियो दाबेदार हो। नेपाल प्रहरीको निरीक्षकमै भर्ना भएका उनीहरु डीएसपी हुँदा २ वर्ष पछि परेका थिए भने एसपी हुँदा पनि वरीयतामा १० नम्बरभन्दा पछाडि छन्।

तर, अहिले उनीहरु राष्ट्रिय अनुसन्धान विभागबाट आएको १८ जनाको टोलीभन्दा अघिल्लो वरीयतामा बढुवा हुन जोड गरिरहेका छन्। यही ब्याचमा दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, किसन सिंह थापा, गोविन्द थपलिया, सुदर्शनप्रसाद कोइराला क्रमशः वरीयतामा एसपी बढुवा भएका थिए।

यस्तै जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी र लोकेन्द्र श्रेष्ठ पनि एसएसपी हुने जोडमा छन्। लोकेन्द्र श्रेष्ठ भने आगामी साउनमा अनिवार्य अवकाशमा जानेछन्।

प्रतिस्पर्धामा रहेका ३४ मध्ये डिल्लिराज विष्टबाहेक सबै २०७४ साउनमा सँगै एसपी भएका हुन्। नेपाल प्रहरी निरीक्षकमा भर्ना भएका र राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीबीच कडा टकराव देखिएको छ।

नेपाल प्रहरीमा सिधै भर्ना भएको टोलीले राष्ट्रिय अनुसन्धानबाट आएको टोलीलाई प्रहरी नै बदनाम गराएको र क्षमता नभएको भन्ने आरोप लगाउँदै आफू अगाडि जाने दाउमा छ।

राष्ट्रिय अनुसन्धानबाट आएकाहरु भने आफूहरु पनि समान पदमा खुला प्रतिस्पर्धाबाट भर्ना भएको र सरकारले कठिन समयमा प्रहरीमा ल्याएकाले आफूहरुलाई अन्याय गर्न नहुने बताउँछन्। अनुसन्धानबाट आएका एसपी शाह एसएसपीमा पनि पहिलो नम्बरमै कायम रहने दाउमा छन्। यो समूहबाट शाह अब्बल मानिन्छन्।

यता अर्को टोलीका ईश्वर कार्की, दानबहादुर कार्की र मनोज केसी पनि वरीयतामा अगाडि आउन जोड गरिरहेका छन्।

यी ३४ एसपीमा केही विवादित पात्र पनि छन्। उनीहरुलाई बढुवा हुन नदिन पछिल्लो ब्याच लागिरहेको छ। अघिल्लो ब्याचबाट विवादित व्यक्ति बढुवामा छुटे २०५६ मा प्रहरी निरीक्षकमा भर्ना भई २०७५ जेठमा एसपी भएका विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रकाश अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, सोमेन्द्र सिंह राठौर सविन प्रधान, दिनेशराज मैनाली, भूपेन्द्र खत्री लगायतको टोली पनि बढुवामा जोड गरिरहेको छ।

यसअघि डीआईजी बढुवा सिफारिसजस्तै अघिल्लो ब्याचलाई नछुटाउने हो भने यो टोलीबाट बढुवा हुने सम्भावना कम छ। नेपाल-खबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!