ABC (क्राईमबिट) धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका–१ ऐश्वर्य सामुदायिक वनमा उनीहरुलाई पक्राउ गरेको हो । भारतको हरियाणा सोनीपथ बस्ने २१ बर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १७ बर्षीय शाहिल बादलिसे र २० बर्षीय सन्नी जाँटलाई लुटपाट तथा कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । कार भेटिएको क्षेत्रमा उनीहरुलाई पक्राउ गरेको हो । सोमबार विहान जिल्लाको गोदावरी नगरपालिका–४ सडक छेउमा एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए । गोदावरीदेखि करि…