२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

युवकलाई हनि ट्रयापमा पारेर फसाउने तामाङ पुर्पक्षको लागि जेल चलान

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९


ABC-SANCHAR
काठमाडौं । फुर्वा तामाङलाई अपराधिक विश्वासघात गरेको अभियोगमा पक्राउ परेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

पर्याप्त प्रमाण नभएको भन्दै तामाङलाई भक्तपुर जिल्ला अदालतका न्यायधीश माधवप्रसाद अधिकारीको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

भावनामाथि ठगी, अपराधिक लाभ तथा अपराधिक विश्वासघात गरेको भन्दै फुर्वाले जाहेरी दिएका थिए । सम्पत्ति हत्याउन धेरै युवकसँग विहे गर्ने र विवाहपछि सम्पत्रि लिएर सम्बन्ध विच्छेद गर्ने गरेको फुर्वाले जाहेरीमा उल्लेख गरेका थिए । फुर्वाको अनुसार फुर्वासँग विहे गरेर भावनाले १ करोड ४५ लाख रुपैयाँ बराबरको सम्पत्ति कुम्ल्याएकी थिइन् । फुर्वाले गत असार १० गते भक्तपुर जिल्ला अदालतमा भावनाविरुद्ध मुद्दा दायर गरेका थिए ।

फुर्वाले आफुलाई अविवाहित हो भन्दै भावनाले फसाएको आरोप लगाएका छन् । जापानबाट भावनाको सामाजिक सञ्जाल फेसबुकमा फेण्ड रिक्वेस्ट आएको र कुरा गर्दै जाँदा विवाहको नाटक गरेको र विवाहसमेत गरी आफुबाट १ करोड ४५ लाख रुपैयाँ नगद समेत लिएर सम्बन्ध विच्छेद गरेको फुर्वाले बताउँदै आएको छ । फुर्वाले आफुसँग विवाह गर्नुअघि भावनाले ४ जना युवकसँग विवाह गरेको प्रमाण समेत अदालतमा पेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!