ABC-SANCHAR
काठमाडौं । बाढीका कारण झापा र मोरङमा करिब ५ सय जना विस्थापित भएका प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले रातोपाटीलाई बताए ।
झापाको रतुवा खोला आसपासका बस्ती डुबानमा परेका छन् । मोरङको सिंघिया खोला र केसलिया खोलामा आएको बाढीका कारण धेरै मानिस विस्थापित भएका हुन् ।
मंगलबार मोरङको गछिया खोलामा आएको बाढीले बगाएर सुन्दर हरैंचा–६ घर भएका ५८ वर्षीय रामबहादुर बिकको मृत्यु भएको थियो ।
प्रदेश–१ मा धनकुटा, सुनसरी, मोरङ र उदयपुरमा पहिरोका कारण सड्क अवरुद्ध भएको छ । भित्रि सडकहरू अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको एसपी राईले जानकारी दिए ।