२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

बर्दियाको मधुवनमा प्रहरी नै मल तस्करीमा

Logo
प्रकाशित शुक्रबार, आषाढ १७, २०७९


ABC संचार ब्युरो
तस्वीर : मधुवन नगरपालिका वडा नम्बर ५ को जंगलबाट प्रहरीलाई ‘नजराना’ बुझाएर ल्याएको मल

बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर – ५ मा प्रहरीले नै भारतबाट मल तस्करी गराइरहेको भेटिएको छ ।

सुन्दा अचम्म लाग्न सक्छ तर मल नपाएर भौँतारी रहेका मधुवन नगरपालिकाका किसानले ईलाका प्रहरी कार्यालय सानोश्री र ढोढरीका प्रहरीहरूलाई ‘नजराना’ चढाएर मल ल्याउने गरेको स्रोतले बतायो ।

मधुवन वडा नम्बर ५ आसपासको जंगल भारतको बिछिया, आमाबर्दिया नाकासँग जोडिन्छ ।

स्रोतका अनुसार उक्त जंगलमा भारतीय तस्करहरुले “डिएपी” लगायतका मल ल्याएर लुकाएका छन । उक्त मल अहिले प्रहरीहरूले नै १२ सय रुपैयाँमा किसानलाई बेचिरहेका छ्न ।

स्रोतका अनुसार १० नम्बर र ११ नम्बर भनिने गाउँ आसपासका जंगलमा यो आपराधिक कार्य भइरहेको छ ।

स्रोतले जानकारी दिँदै भन्यो, ‘भारतीय सरकारले अनुदानमा आफ्ना नागरिकलाई दिने मल उतैका तस्करले जंगलमा लुकाएर राखेका छन । उक्त मल नेपाली किसानलाई १ हजार २ सयमा बिक्रीवितरण भइरहेको छ । भारतिय तस्करले ५ सय देखि ७ सय राख्छन भने बाँकी कमिसन स्वरुप प्रहरीले राख्ने गरेका छन ।’

मधुवन नगरपालिका वडा नम्बर ५ आसपासको जंगलमा मलको तस्करी कार्य भइरहेको छ भने केही प्रहरीहरु तस्करको सारथि बनिरहेका छ्न ।

किसानले सिधै गएर तस्करसँग मल पाउँदैनन । त्यहाँ खटिएका प्रहरीलाई १ हजार २ सय रुपैयाँ दिएपछि जंगल भित्र गएर एक बोरा मल पाइन्छ ।

मल लिएर आएका एक किसानले नाम नखोल्ने शर्तमा ब्यंग्यात्मक शैलीमा भने, “सरकारले मल दिन सकिरहेको छैन, कम्तीमा यहाँका पुलिसले त घुसै खाएर भएपनि मल दिइरहेका छन ।”

ती किसानका अनुसार पैसा बुझाए प्रहरीले आफै तस्करहरुसँग कुरा गर्छ र त्यसपछि जंगलमा बोलाउँछ । जंगलबाट साइकलमा सहजै मल ल्याउन सकिन्छ ।

कृषिमा आत्मनिर्भर हुन खोजेको देशमा नै प्रहरीलाई कमिसन बुझाएर तस्करबाट मल ल्याएर आउनुपर्ने किसानहरूको बाध्यता छ ।नेपाल-कागजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!