२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

एसपी काफ्ले र प्रहरी निरीक्षक केसीको सक्रियतामा चोरीको ९ वटा बाईकसहित १२ जना गिरोह पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ १८, २०७९

(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई पक्राउ गरेको छ। शुक्रबार गएराती वडा प्रहरी कार्यालय बुटवल जिल्ला प्रहरी कार्यालय दाङको विशेष प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको सयुक्त प्रहरी टोलीले गरेको अप्रेसनमा १२ जना चोरी गर्ने गिरोहलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

मोटरसाइकल चोरी गर्ने गिरोहहरुले बुटवलका विभिन्न बजार क्षेत्रबाट ९ वटा मोटरसाइकल चोरी गरेर दाङको गढवामा राखेको भन्ने गोप्य सूचना प्राप्तको आधारमा सयुक्त प्रहरी टोलीले अप्रेसन नै चलाएर पक्राउ गर्न सफल भएको दाङका प्रहरी प्रमुख एसपी काफ्लेले बताए ।

मोटरसाइकल चोरीमा पक्राउ पर्नेहरुमा गढवा गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष १८ का क्यानोन क्षेत्री, वर्ष १९ का करण बस्नेत, वर्ष १८ का बरुण कुमाल, वर्ष १८ को आनन्द परियार, वर्ष १७ को नसिम धुनिया, वर्ष १८ का आरएन सिंह ठकुरी, वर्ष १८ का शिवम यादव, वर्ष १८ का लक्षमण विष्ट, वडा नम्बर ५ बस्ने वर्ष ४४ का गोपाल चौधरी, वर्ष १९ का ओसिम पठान, राप्ती गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष ३० का शुभास चौधरी र लमही नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष को घनश्याम चौधरी रहेका छन ।

उनिहरुलाई आवश्यक कारबाहीका लागि बुटवल पठाइएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक रन्जु केसीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!