२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

विद्यार्थी केन्द्रित ट्राफिक सचेतना कार्यक्रम लाई तीव्र पार्दै ट्राफिक प्रमुख : झबिन्द्र

Logo
प्रकाशित आइतबार, आषाढ १९, २०७९


(सागर थापा)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विद्यार्थीलाई लक्षित गरेर विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालन गरेको छ । सम्बन्धित विद्यालयमै पुगेर हप्ता १० दिनमा विद्यार्थीलाई आवश्यक प्रशिक्षण दिने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिनु भयो । उहाँका अनुसार सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासनको पालना गराउने उदेश्यले विद्यालय केन्द्रित कार्यक्रमको लागि ट्राफिक प्रहरी सक्रियता बढाइएको बताए । विद्यार्थीलाई ट्राफिक नियम तथा सुरक्षित सडक प्रयोगका बारेमा सैद्धान्तिक प्रशिक्षण दिने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक परियारले हप्ता या १० दिनमा ट्राफिक सचेतना मूलक कार्यक्रम गर्ने गरिएको जानकारी दिनु भयो । ट्राफिक नियम, सङ्केत, आवश्यक कानुन, सवारी दुर्घटना एवम् सवारी चलाउँदा ध्यानदिनुपर्ने कुरा लगायतका बारेमा दुर्घटना नियन्त्रणको मुख्य उदेश्य राखेर दाङ भरि नै ट्राफिक प्रहरीले विद्यार्थीलाई लक्षित गरी विशेष अभियान सञ्चालन गरेको छ । विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी केन्द्रित ट्राफिक सचेतनामूलक कार्यक्रमको सहजीकरण जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियार र वरिष्ठ सइ उत्तम जिसी लगायतले गर्नुभएको थियो । कार्यक्रममा मार्क इन्टरनेशनल कलेजका विद्यार्थीहरु सम्झना कोइला र अर्चना भुसालले ट्राफिक नियमको क्लाश लिदा दुर्घटना बारेमा धेरै कुरा सिकेको र यस्तो कार्यक्रमहरु प्रत्येक स्कुल र कलेजमा हुनुपर्ने बताए । मार्क कलेजका टिचर नौला बहादुर खड्काले दाङ जिल्ला ट्राफिकले स्कुलमा आएर विद्यार्थीहरु लाई दुर्घटना सम्बन्धि धेरै कुरा सिकाएको हुँदा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिनुभएको थियोे । कार्यक्रमको आयोजना मार्क इन्टरनेशनल कलेज र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सयुत्त रुपमा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!