२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

आईजीपी नियुक्ति विरुद्ध मुद्दामा सर्बोच्च अदालतले भन्यो असार २३ भित्र बहस नोट बुझाउनू

Logo
प्रकाशित आइतबार, आषाढ १९, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । आइतबार आईजीपी धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका गरेपछि आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिनेछन् । त्यसपछि फैसला हुनेछ । त्यसअघि असार २३ गतेभित्र हालसम्म भएका बहस नोट बुझाउन अदालतले आदेश दिएको छ ।

प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्त विरुद्ध एआईजीपी विश्वराज पोखरेलले मुद्दाको सुनुवाइ सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा हुँदै आएको छ। कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा आइतबार चौथो पटक सुनुवाइ भएको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५ र १३ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको थियो ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!