२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

कोहलपुर प्रहरीले ठुलो मात्रामा ३ किलो ८ सय ग्राम अफिमसहित २ जना पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ २०, २०७९


ABC (क्राईमबिट)
बाँके । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेका र बाँकेको चिसापानी चेकप्वाइन्टबाट भागेका व्यक्तिलाई पक्राउ गर्दा तीन किलो ८ सय ग्राम लागुऔषध अफिम बरामद भएको हो ।

बैजनाथ गाउँपालिका वडा नं. १ स्थित चिसापानीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा जाँच गर्ने क्रममा सुर्खेतबाट आउँदै गरेका जाजरकोटको नलगाड नगरपालिका वडा नं. ३ का २५ वर्षीय गोपाल रोकायले बोकेको झोलामा अफिम भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।

‘नेपाली सेनाको चेकपोष्टमा जाँच गर्ने क्रममा रोकाय चेकप्वाइन्टबाट जंगलतर्फ भागेका थिए’डिएसपी मल्लले भने, ‘लगत्तै जंगलमा रहेको सेना, बाँके राष्टिय निकुञ्ज र इलाका प्रहरी कार्यालय चिसापानीको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।’

पक्राउपछि रोकायले दिएको बयानका आधारमा प्रहरीले कोहलपुरबाट नगलगाड नगरपालिका३ कै २५ वर्षीय लेखराज बिष्टलाई पक्राउ गरेको हो । सुर्खेतबाट आउँदा दुबै जनासँगै आएको भए पनि चिसापानीमा जाँच अघि नै रोकाय भागेका थिए भने बिष्ट कोहलपुर पुगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!