२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

चप्पर खोला प्रगतिशिल सामुदायिक वनमा लमही खानेपानीद्वारा ५ हजार वृक्षारोपण

Logo
प्रकाशित सोमबार, आषाढ २०, २०७९

मेगमन बुढा

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ मा रहेको चप्पर खोला प्रगतिशिल सामुदायिक वन उपभोक्ता समुहमा लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ५ हजार वृक्षारोपण कार्य सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय दाङ (देउखुरी)लमहीको ५ हजार बिरुवा सहयोगमा लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले एक कार्यक्रमको आयोजना गरि सोमबार चप्पर खोला प्रगतिशिल सामुदायिक वन उपभोक्ता समुहको साढे ३ हेक्टर नाङ्गो जमिनमा
सिसौं,खयर,सागुन लगायतका बिरुवा रोपिएको हो ।

खानेपानी संस्थाका अध्यक्ष जंगबहादुर चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख मेयर जोगराज चौधरीको प्रमुख आतिथ्यता तथा वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रकाश सुवेदी (सागर)को विशेष अतिथीमा शुरु भएको कार्यक्रममा
प्रमुख अतिथि चौधरीले बाताबरण र मानिस बीचको सम्बन्धले बाेटबिरुवाबाट प्राणि जगतमा महत्त्वपूर्ण भुमिका खेल्ने र त्यसबाट लाभदयिक हुने बताउनु भयाे ।

त्यस्तै देउखुरी डिभिजन वन कार्यालय दाङ (देउखुरी)का डिभिजनल वन अधिकृत राजु क्षेत्रीले बिरुवा रोप्नु भन्दा अघि टेक्निकल कुराहरु ध्यान दिएर बिरुवा रोप्नु पर्ने बताउनु भयो । यस्तै उहाँले प्रमुख कुराहरु खाड्ल कसरी खन्ने,बिरुवालाई छोपिएका पलास्टिक कसरी हटाएर मात्र बिरुवा रोप्ने भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।

त्यस्तै बिरुवा राेप्ने काम र यसकाे बास्तबिक महत्त्व बुझेर सम्रक्षण तथा सम्बर्द्धन गर्न सकेमा मात्र यसकाे अर्थ र अैाचित्य साबित हुने प्रमुख डिभिजनल अधिकृत क्षेत्रीले बताउनु भयाे ।

यसैगरी लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष जंगबहादुर चौधरीले आफ्नो संस्थाबाट रोपिएको बिरुवाहरुलाई नहुर्काउदासम्म यसको संरक्षण र संवर्धनको लागि निरन्तर लागि पर्ने बताउनु भएको छ । वातावरण संरक्षण तथा संवर्धन वृक्षारोपण भन्ने मेन उदेश्यका साथमा गरिएको वृक्षारोपण कार्यक्रमको संचालन लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव बसन्त आचार्यले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव […]

काठमाडौं । प्रहरी परिसरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । वसन्तपुर क्षेत्रमा उनले वृद्धमाथि अभद्र व्यवहार र कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

error: Content is protected !!