१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

नेपालगन्ज एयरपोर्टको ठुलो कमजोरी कारणले बुद्द एयरको काउण्टरमा बिद्युत सर्ट

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९

(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज विमानस्थलमा रहेको बुद्द एयरको काउण्टरमा बिद्युत सर्ट भएको छ । बिद्युत सर्ट हुँदा विमानस्थल कार्यालय ठुलो क्षति हुनबाट जोगिएको छ ।

बुद्द एयरको काउण्टरसँगै अन्य विमान कम्पनीको काउण्टर, विमास्थल कार्यालय पनि सँगै जोडिएका छन् ।

बिद्युत सर्ट भएर काउण्टरको वाइरिङ गरिएका तार जलेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार तार जलेपनि आगलागी भने हुन पाएन । बाँके प्रहरीको अनुसार मंगलबार बिहान पौने ७ बजेतिर एक्कासी बिद्युत सर्ट भएको हो । ‘बिद्युतको तारमा समस्या रहेछ, एक्कासी सर्ट भयो र तारहरु जल्यो, तर आगलागी हुन पाएन,’ तर ठुलो क्षति हुनबाट जोगियो ।’यता यात्रीहरुले नेपालगन्ज एयरपोर्टको कमिकजोरीका कारण ठुलो दुर्घटना हुन बाट जोगियो नत्र हाम्रो ज्यान पनि जान सक्ने थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]

घोराही बनाउँ अभियानद्वारा घोराहीमा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै, विकासका मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता दाङ । घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। २०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ […]

बाँके । बैजनाथ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका-१, चिसापानीमा चिसापानी ट्राफिक प्रहरीको समन्वयमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरिएको हो। सडक सुरक्षा प्रवर्द्धन, पैदलयात्रीहरुको सुरक्षित आवागमन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैजनाथ जेसीजले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने चिसापानी […]