२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

श्रीपेच विवादमा बालेनले मागे माफी धार्मिक भावनामा चोट पुर्याउने छैन

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९

ABC-SANCHAR
काठमाडौं । नेपालको पहिलो टेलिभिजन र्‍याप गायन प्रतियोगिता ‘नेपहपको श्रीपेच’का विजेतालाई लगाइदिएको श्रीपेचको विषयमा विवाद बढेपछि र्यापर तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माफी मागेका छन्।

सो श्रीपेच बौद्ध धर्ममा पवित्र मानिने भएकाले सो श्रीपेच प्रतियोगिताका विजेता भाइबर साइमनलाई लगाइनु धर्मको विरुद्धमा भएको टिप्पणी भएको थियो।

यससँगै सो कार्यक्रममा निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई श्रीपेच फिर्ता गरेका हुन्।

बालेन र भाइबरले माफी माग्दै श्रीपेच बौद्ध गुरुलाई फिर्ता दिए। गत शनिबार बालेन साहले विजेता भाइबरलाई पन्चबुद्धको आकृतिसहितको मुकुट पहिर्‍याइदिएका थिए।

बौद्ध धर्ममा यस्तो मुकुट बज्राचार्यको पूजामा अभिषेक पाएपछि गुरुहरुले शिष्यलाई प्रदान गर्ने चलन छ।

बालेनले आफ्नो उद्देश्य कुनैपनि धर्मको आस्था र अस्मितामाथि ठेस पुर्याउने नभएको बताएका छन्। उनले यस्ता गल्ती नदोहोर्याउने पनि जनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!