२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मिटरब्याजी रामदेव साहका छोराछोरीलाई पुर्पक्षका लागि कारागार चलान

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९

ABC (क्राईमबिट)
सप्तरी । जिल्ला अदालतले कुख्यात मिटरब्याजी रामदेव साहका छोराछोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले बुधबार अबेर ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्लाको खडक नगरपालिका–७ कल्याणपुरका दाजु बहिनी नन्दकिशोर साह र अनुराधा साहलाई थुनामा राख्ने आदेश दिइएको जिल्ला अदालतका श्रेष्तेदार कुमार मास्केले जानकारी दिए ।

मंगलबार दुवैको बयान सकिएपछि बुधवार अबेर साँझसम्म थुनछेक बहस भएको थियो । दुवै पक्षको बहस सकिएपछि दाजु बहिनीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको मास्केको भनाइ छ।

सोही मुद्दामा फरार रहेका रामदेव र परिवारका अन्य सदस्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

साह परिवारमाथि जग्गा बन्धकी राखी चर्को मिटरब्याज असुली गर्ने र धेरैजसो ऋणीले ब्याज चुक्ता गर्दा पनि धितो फिर्ता नगरेको आरोप छ । सप्तरीकै नौ जनाले साह परिवारमाथि संयुक्त रुपमा ठगी तथा आपराधिक विश्वासघातका उजुरी हालेका छन् । थुनछेक बहस चलिरहँदा अदालतको मूल ढोकामा बुधवार पनि पीडितहरुले प्रदर्शन तथा नाराबाजी गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!