२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

सुपारीको विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच हातपातको स्थिति

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९

ABC (क्राईमबिट)
झापा । मेचीनगर नगरपालिकास्थित काँकरभित्ता नाकामा दुई सुरक्षा निकायबीच घम्साघम्सी भएको थियो।

सुपारीका विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच नाकामा धकेलाधकेल भएको स्रोतको दाबी छ।

नेपाल प्रहरीले चेकजाँचपछि छाडेका सुपारी सशस्त्र प्रहरीले रोकेपछि बिबाद भएको बताइएको छ।

नेपाल प्रहरीले तस्कारसँग मिलेर सुपारी पठाउन खोजेको र सशस्त्रले रोकेपछि सशस्त्र प्रहरीमाथि हातपात भएको स्रोतको दाबी छ।

यसबारे झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालसँग बुझ्दा उनले दुई सुरक्षा निकायबीच सामान्य बिबाद भएको बताए।‘ड्युटीमा रहेका सादा पोशाकका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच चिनजान नहुँदा सामान्य बिबाद भएको हो। झडप वा कुटपिट भएको होइन,’ उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ । नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको भन्दै यसअघि जसरी सहज पहुँचको लागि पहल भइरहेको बताएका छन् । सिंहदरवारभित्र प्रशासकीय अदालत समेत रहेकाले कानून व्यवसायीका लागि […]

काठमाडौं । भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न भएको आरोपमा सिआईबीले इन्स्पेक्टर शाहीलाई ललितपुर जिल्ला अदालतबाट मुद्दा दायर गरेको थियो । अदालतले इन्स्पेक्टर शाहीलाई मंगलबार सफाइ दिने आदेश दिएको हो । सिआईबीले ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले मुद्दा दायर […]

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

error: Content is protected !!