२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दा फेरि लम्बियो

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको चाड इदका अवसरमा आगामी २६ गते आइतबार सार्वजनिक विदा दिने घोषणा गरेसँगै आईजी धिरजप्रताप सिंहविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दाको सुनुवाई पछि सरेको हो ।

लगातार ४ पटकसम्म हेर्दाहेर्दैमा परेको उक्त रिटबारे आइतबार सुनुवाई नहुने भएपछि कहिले सुनुवाई हुने भन्ने निश्चित भइसकेको छैन ।

यसअघि १९ असारमा का.मु प्रधानन्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासमा भएको सुनुवाई नसकिएकोले थप सुनुवाईका लागि असार २६ गतेको पेशी तोकिएको थियो । २३ गते अर्थात् आजका लागि बहस नोट बुझाउने आदेश दिएको संयुक्त इजलासले २६ गतेका लागि पेसी तोकेको थियो ।

गत आइतबार धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका थिए । आगामी पेसीमा विश्वराजका तर्फका वकिलहरूले जवाफ दिने तालिका रहे पनि सार्वजनिक बिदा परेकोले सो दिन बेञ्च बस्ने छैन ।

मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर आईजीपी नियुक्त गरी आफूमाथि अन्याय गरेको भनी एआईजी पोखरेलले सर्बोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

पोखरेलले वैशाख १७ गतेदेखि एक महिना लामो बिदा लिएका थिए । त्यसपछि उनको बिदा सकिए पनि अहिलेसम्म उनी बिना बिदा स्वीकृति कार्यालयमा उपस्थित भएका छैनन् । प्रधान कार्यालयले भने पोखरेलले लामो समय बिना स्वीकृति कार्यालयमा उपस्थित नभएकोले स्पष्टीकरण सोध्ने तयारी गरिरहेको जनाइएको छ ।

कार्यालयले स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ दिन नसकेमा पोखरेलविरुद्ध कारबाही गर्न सक्ने र जागिरको उत्तरार्द्धमा आएर पोखरेलले आईजीका लागि गरेको ‘चलखेल’ नै ‘कालोधब्बा’का रूपमा लाग्न सक्ने देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ । नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको भन्दै यसअघि जसरी सहज पहुँचको लागि पहल भइरहेको बताएका छन् । सिंहदरवारभित्र प्रशासकीय अदालत समेत रहेकाले कानून व्यवसायीका लागि […]

काठमाडौं । भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न भएको आरोपमा सिआईबीले इन्स्पेक्टर शाहीलाई ललितपुर जिल्ला अदालतबाट मुद्दा दायर गरेको थियो । अदालतले इन्स्पेक्टर शाहीलाई मंगलबार सफाइ दिने आदेश दिएको हो । सिआईबीले ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले मुद्दा दायर […]

काठमाडौं । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो । हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो […]

error: Content is protected !!