१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

१ नम्बर प्रदेश प्रहरी प्रमुखको कार्यभार डीआईजी सुदिप गिरीले सम्हाले

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९


ABC (क्राईमबिट)
विराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रुपमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदिप गिरी कार्यालयमा हाजिर भई कार्यालयको पदभार ग्रहण गरेका छन् ।

नेपाल सरकार गृह मन्त्रालय मन्त्रिस्तर) को यही असार १९ गतेको निर्णयानुसार प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भई एक नम्बर प्रदेश प्रहरी कार्यालयमा पदस्थापना भएका (डीआईजी गिरीले आजै कार्यभार सम्हालेका हुन् ।

नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउका उनले यसअघि विशेष ब्यूरो, सीआईबी, अपराध महाशाखा जस्ता महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरिसकेका छन् । विशेष गरेर अपराध अनुसन्धान र अन्तराष्ट्रिय आतंकवाद नियन्त्रण सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हसिल गगरेका छन् । यसैगरी उनले विभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन् ।

एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा हाजिर भए पश्चात उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानूनको परिधिमा रहेर जन चाहना बमोजमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!