२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने २ युवालाई ७ वर्ष कैद सजाय २ लाख जरिवाना

Logo
प्रकाशित शुक्रबार, आषाढ २४, २०७९

ABC (क्राईमबिट) सुर्खेत । गत वर्ष सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाको एक होटलमा लगेर राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने दुई युवालाई ७/७ बर्ष कैद सजाय र जनही दुई लाखका दरले जरिवाना तोकिएको छ । यौन दुर्व्यवहार गर्ने गुर्भाकोट–९ का चौमन घर्ती मगर र भूपेन्द्र बुण मगरलाई बिहीबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र कुमार आचार्यको एकल इजलासले सो फैसला गरेको हो । जिल्ला अदालतका सूचना अधिकारी उज्वल रावलले दुर्व्यवहार भएको होटलका सञ्चालक मनबहादुर पुनलाई पनि ३ बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको छ । जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई ०७८ जेठ २३ मा पक्राउ गरि असार १६ गते नै पुर्पक्षका लागि जेल चलान गरिएको थियो । युवतीमाथि दु…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । निर्माला हत्या काण्डमा अंगुर जिसी DSP हुँदा उहाँको उत्कृष्ट अनुसन्धान कार्यमा बाधा बनेर उहाँलाई तत्कालीन सरकारका आइजी खनालले निलम्बित गर्यो । सरकार, विरुद्ध, ठूलो बिरोध आलोचना गर्दा पनि सरकारले निर्मला हत्या काण्ड छानबिन गर्न दिएन र फलस्वरूप त्यो घटना हाल सम्म गुमनाम बन्यो धेरै कोसिस बाट अदालतले पुनर्बहाली गरी चक्रपथमा प्रहरी कार्यलय प्रमुख […]

काठमाडौँ । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ । नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको भन्दै यसअघि जसरी सहज पहुँचको लागि पहल भइरहेको बताएका छन् । सिंहदरवारभित्र प्रशासकीय अदालत समेत रहेकाले कानून व्यवसायीका लागि […]

काठमाडौं । भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न भएको आरोपमा सिआईबीले इन्स्पेक्टर शाहीलाई ललितपुर जिल्ला अदालतबाट मुद्दा दायर गरेको थियो । अदालतले इन्स्पेक्टर शाहीलाई मंगलबार सफाइ दिने आदेश दिएको हो । सिआईबीले ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले मुद्दा दायर […]

error: Content is protected !!