०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

समयमा तटबन्ध नहुँदा राजपुरको फोहोरा गाउँ डुबानमा,५ वर्षसम्म वडा अध्यक्षकै ध्यान पुगेन

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

 

(मेगमन बुढा)
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ मोतीपुर,फोहोरा गाउँ डुबानमा परेको छ । उक्त बस्तीमा अहिले मुङ्ग्रेठा खोलाको भेल पसेर डुबानमा परेको हो ।

त्यस्तै सो गाउँको बाटोभएर दैनिक सम्बन्धित सरोकारवाला निकायका प्रमुख ब्यक्तिहरु आवतजावत गर्छन् तर उनको पनि अहिलेसम्म उक्त बस्तीमा ध्यान पुग्न नसकेको सो गाउँका युवा अम्रेश यादवले बताए ।

यादवले भने हामीले उक्त स्थानमा दोहोरो तटबन्धको लागि वडा अध्यक्षदेखि गाउँपालिका अध्यक्ष र सांसदलाई समेत सिफारिस गरेउ तर अहिलेसम्म कसैले पनि वास्ता गरेनन् ,त्यसको फल स्वरुप आज बस्ती डुबानमा पर्‍यो । सो स्थानमा समयमा दोहोरो तटबन्ध भएको भए सायद आज यसरी यहाँका जनताले दुख पाउनु पर्दैनथ्यो होला यादवले भने ।

यादवका अनुसार अहिले उक्त बस्तीमा मुङ्ग्रेठा खोलाले मात्रै त्यति धेरै क्षति पुर्‍याइरहेको छ । त्यस बस्तीमा करङ्गा खोलाले पुर्वबाट पश्चिम् तिर जुन हुलाकी सडक पर्छ । सो सडकलाई काटेर मुङ्ग्रेठा खोलासंग मिसिन लागेको छ । अब धेरै छैन जम्मा ५ मिटर जति छ,मुङ्ग्रेठा खोलासंग करङ्गा खोला मिसिनको लागि’यदि मुङ्ग्रेठा खोलासंग मिसियो भने पुरै दुई सय बस्ती डुबानमा पर्ने यादवले बताए ।

राजपुर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादवको घरपनि सोही गाउँमा पर्छ तर उनको पनि सो कटान र डुबानमा ध्यान पुग्न सकेको छैन । यादव यस अघिको वडा अध्यक्ष थिए भने अहिलेपनि निर्वाचित भएर सो वडाको अध्यक्ष भएका छन् । तर यादवले अहिलेसम्म केही पहल नगरेको स्थानीय बासिले गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!