२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लुम्बिनी प्रदेशका बनमन्त्री सुरेन्द्र हमाल सर्पको उद्धार गर्दै

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

(महेन्द्र सिंह )
बाँके । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर २ मा आज वृक्षरोपण कार्यक्रम थियो । वृक्षरोपणमा सहभागी हुन लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षमन्त्री सुरेन्द्र हमाल पनि पुगेका थिए ।

उक्त कार्यक्रममा जिल्ला वन अधिकृतसहित वनका कर्मचारी र स्थानीय बासिन्दाहरू सहभागी थिए । एक्कासि जिल्ला वन अधिकृतको मोबाइलको घण्टी बज्यो । वडा नम्बर २ का स्थानीय खडकबहादुर खत्रीकाे फाेन थियाे ।

वन अधिकृतले हेलाे भन्न नपाउँदै खत्रीले उताबाट भने, ‘लाै न हजुर । मेराे घरमा गाेमन सर्प भेटियाे । बचाइदिनुपर्‍याे ।’

फाेनमा भएकाे कुराकानी नजिकै रहेका वनमन्त्री हमालले सुनिहाले । हत्न न पत्त उनी पनि सर्पकाे उद्धार गर्न भन्दै दाैडिए ।

सर्प घरआँगनमा देखिने बित्तिकै मानिसहरू उसलाई मार्न तम्सन्छन् । तर खत्रीले वन अधिकृतलाई फाेन गरेर रेस्क्यु गर्ने टाेली मगाएका हुन् । वनका कर्मचारीकाे टाेलीसँगै पुगेका वनमन्त्री हमाल आफैँ पनि उद्धारमा खटिए ।

मन्त्री हमालका अनुसार खत्रीकाे घरमा भेटिएकाे उक्त सर्पलाई नजिकैकाे जंगलमा छाेडिएकाे छ । उनले सर्पलाई असुरक्षित महसुस हुने गरी क्रियाकलाप नगरे उसले आक्रमण नगर्ने भएकाले देखेमा मारिहाल्नुपर्छ भन्ने मानसिकता त्याग्न आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!