२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

मानव कल्याण समाज दाङको आफ्नै नयाँ भवनको मेयर चौधरीद्वारा उद्घाटन गृह प्रवेश

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

(सागर थापा)

दाङ । मानव कल्याण समाज घोराही
दाङ शाखाले शाखा स्थापना २ वर्षमा नै भाडाको घरबाट मुक्त भै आफ्नै घरमा आमाबुवालाई गृहप्रबेश गराएको छ ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीज्युको प्रमुख आतिथ्यतामा नयाँ घर उद्घाटन तथा गृह प्रबेश कार्यक्रम” सम्पन्न भएको छ । कार्यक्रममा मेयर चौधरीले यस्तो काम गर्ने सस्था धेरै आए तर दिगो रुपमा सेवा गर्ने सस्था मानव कल्याण समाज नै रहेको र यस सेवाको प्रसम्सा गर्ने आफुसङ्ग शब्द नै नरहेको बताउनु भयो साथै अब धेरै समय यो अस्थायी घरमा बस्नु नपर्ने, सबैको सहयोगमा स्थायी भवन निर्माणको पहल गर्ने समेत बताउनुभएको छ ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दिपक पाण्डे पुर्व वडा अध्यक्ष चित्र बहादुर डागी घोराही १४ का पुर्व वडा अध्यक्ष शक्तिराम डागिज्यु, नागरिक समाजका पुर्व अध्यक्ष चन्द्र राज पन्त पतन्जली योग समिती नेपाल लुम्बिनी प्रदेश प्रभारी प्रेम शाह सिद्धरत्न कलेजका सहायक प्रधानाध्यापक भुप बहादुर रावत नारायणपुर उध्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत नेपाल भारत मैत्री संघ दाङका अध्यक्ष शिशिर लम्साल लगायतले मन्तव्य राख्दै मानव कल्याण समाजलाई सस्थागत र व्यक्तिगत रुपमा समेत सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएक थियो । सक्षम वडास्तरीय महिला समुक, दाङ महिला जेशिज, ब्रम्ह कुमारी इश्वरीय विश्व बिद्यालय जिल्ला प्रहरी कार्यालय दाङ एबिसी संचार र न्युज 24 ग्यालेक्सी लागायतको उपस्थिती रहेको थियो ।

मानव कल्याण समाजको सेवाबाट प्रभावीत भै श्री चन्द्र राज पन्तज्युले नगद रु.१,००,०००/- (एक लाख मात्र), जंग बहादुर पुनले रु.५१,०००/- (एकाउन्न हजार मात्र), अभियान बस्नेतले रु.२५,०००/- (पचिस हजार मात्र), भुप बहादुर रावतले २००० थान इट्टा, लोक प्रसाद भट्टराईले रु.५,०००/- (पाच हजार मात्र), अमृता गुप्ताले रु.१,००५/- सहयोग गर्नुभएको थियो भने सेवा घरलाई सहयोग गर्नुहुने सस्था र व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

मानव कल्याण समाज दाङले यस मानवीय कल्याणको कार्यमा साथ, सहयोग र शुभाव अर्पण गर्दै हामी युवाहरुलाइ यस सेवामा अघि बढ्न उत्प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण मानवीय मनहरुमा हार्दिक धन्यवाद गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

बाँके । निर्माला हत्या काण्डमा अंगुर जिसी DSP हुँदा उहाँको उत्कृष्ट अनुसन्धान कार्यमा बाधा बनेर उहाँलाई तत्कालीन सरकारका आइजी खनालले निलम्बित गर्यो । सरकार, विरुद्ध, ठूलो बिरोध आलोचना गर्दा पनि सरकारले निर्मला हत्या काण्ड छानबिन गर्न दिएन र फलस्वरूप त्यो घटना हाल सम्म गुमनाम बन्यो धेरै कोसिस बाट अदालतले पुनर्बहाली गरी चक्रपथमा प्रहरी कार्यलय प्रमुख […]

काठमाडौँ । सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ । नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको भन्दै यसअघि जसरी सहज पहुँचको लागि पहल भइरहेको बताएका छन् । सिंहदरवारभित्र प्रशासकीय अदालत समेत रहेकाले कानून व्यवसायीका लागि […]

error: Content is protected !!